U19 National : प्रतिकको शतक र आकाशको ५ विकेट, सुदूरपश्चिम र बागमतीको लगातार दोश्रो जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन्। दुवै टिमको यो लगातार दोश्रो जित हो।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले प्रदेश-१ लाई ७२ रनले हरायो। बागमतीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले ४९.१ ओभरमा १९७ रनमा सबै विकेट गुमायो।

प्रदेश-१ का ब्याटिंगमा कप्तान दिपेश कंडेलले सर्वाधिक ४७ रन बनाए। आइन्सटिन रिजालले ३५, सुभम गहतराजले २६, फैजल रहमानले २४ तथा बिपिन महतोले २१ रन बनाए। १६७ रन बनाउदा ४ विकेट गुमाएको प्रदेश-१ ले थप ३० रन बनाउदा सबै विकेट गुमायो।

बागमतीको बलिंगमा फास्ट बलर सक्रिय कार्कीले सर्वाधिक ३ विकेट, ओमकार यादवले २ विकेट, एहमद राजा, अविशेक कोइराला र अथर्व पौडेलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बागमती प्रदेशले ५० ओभरमा ९ विकेट क्षेतीमा २६९ रन बनायो।

Pratik Shrestha

खराब सुरुवात गरेको बागमतीले ६ विकेट गुमाउदा १०५ रन बनाएको थियो। छैठौं नम्बरमा ब्याटिंग गरेको प्रतिक श्रेष्ठले सातौँ विकेटको लागि अथर्व पौडेलसंग शतकीय साझेदारी गर्दै योगफल २ सय पार गरे। त्रिचालिसौं ओभरमा अथर्वलाई दिपेश कंडेलले एलबिडब्लु पारे। त्यसपछि प्रदेश-१ ले अर्को २ विकेट लिंदै दबाब बनाएता पनि प्रतिक श्रेष्ठले एक किनारमा आक्रामक ब्याटिंग जारि राखे।

प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका प्रतिकले अविजित १४२ रन बनाए। त्यस क्रममा उनले १०५ बलमा १० चौका र ९ छक्का प्रहार गरे। कप्तान अशोक पौडेलले २५, सक्षम बस्ताकोटीले २३ तथा अथर्व पौडेलले १५ रन बनाए।

प्रदेश-१ का बलर दिपेश कंडेल, बिपिन महतो र सोनु अन्सारीले समान २ विकेट तथा अभिनय राजवंशी र आशिष मगरले १/१ विकेट लिए।

आकाश चन्द चम्किंदा सुदूरपश्चिमद्वारा डिफेन्डिङ च्याम्पियन लुम्बिनी पराजित 

मुलपानी क्रिकेट मैदानमा सम्पन्न दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १०० रनले पराजित गर्यो। सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा ८० रन बनाउदा सबै विकेट गुमायो।

लुम्बिनीको ब्याटिंगमा आकाश त्रिपाठीले २२, देव खनालले १३ तथा मनोज मगरले ११ रन बनाए। सुदूरपश्चिमले अतिरिक्तको रुपमा २० रन खर्चियो।

सुदूरपश्चिमका फास्ट बलार आकाश चन्दले ५ विकेट लिए जुन क्रममा ३ ओभरमा १३ रन खर्चिए। हेमन्त धामीले ३ विकेट लिंदा कैलाश ऐरले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा १८० रन बनायो। सुदूरपश्चिमको लागि दिपक बोहराले सर्वाधिक ५४ रन बनाए। गजेन्द्र बोहराले १९, दिपक बोहरा र गजेन्द्र बोहराले समान १९ रन तथा नरेन साउदले १७ रन बनाए।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान विशाल विक्रम केसीले ३ विकेट लिंदा नर कार्की र निर्मल गुरुङले २/२ विकेट लिए। दुर्गेश गुप्ता र रमेश कुर्मीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन्। टियु मैदानमा कर्णाली र लुम्बिनी तथा मुलपानी मैदानमा बागमती र मधेश प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]