ECA T20: प्रतिक चम्किँदा भरतपुरलाई उपाधि

चितवन- प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भरतपुर इलेभेनले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा भरतपुर इलेभेनले सौराहा स्याण्डरलाई ७ विकेटले हराउदै उपाधि जितेको हो। उपाधि सहित भरतपुरले ५० हजार रुपैयाँ प्राप्त गर्यो।

टिकौली खेल मैदानमा टस जितेर भरतपुर इलेभेनले सौराहा स्याण्डरलाई ब्याटिङको निम्तो दिएको थियो। सौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन जोडेको थियो। सौराहाका ओपनर ब्याटर बिमल चालिसे र बिदुर मगरले उत्कृष्ट सुरुवात दिएका थिए। पहिलो विकेटको लागि ओपनर ब्याटरले ६५ रनको साझेदारी गरेका थिए। बिदुर मगरले २१ बलमा ५ चौका र १ छक्का मद्दतले ३२ रन प्रहार गरेका थिए। उनलाई रोनिम तिवारीले बोल्ड गर्दै भरतपुर इलेभेनलाई खेलमा फर्काएका थिए। बिमल चालिसेले प्रतियोगितामा आफ्नो दोस्रो अर्धसतक प्रहार गरे। बिमलले ५१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५६ रन प्रहार गरे। साथै अजित भण्डारीले १६ बलमा ३ चौका मद्दतले २६ रन प्रहार गरे।

भरतपुर इलेभेनका रोमिन तिवारीले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए। दिवश आचार्यले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। रोनिम आचार्यले सौराहा स्याण्डरका दुवै ओपनर ब्याटर बिमल चालिसे र बिदुर मगरलाई आउट गरेका थिए।

१४९ रनको मध्यम लक्ष्य लिएर भरतपुरलाई अनितम १८ बलमा २५ रन आवश्यक स्थितिमा कप्तान प्रतिक श्रेष्ठले समालेर ब्याटिङ गर्दा भरतपुरले उपाधि चुम्न पुग्यो।

भरतपुरले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य हाँसिल गर्यो। कप्तान प्रतिक श्रेष्ठले ३८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६४ रनको आक्रामक पारी खेले। ओपनर रोनिम तिवारीले ४३ बलमा ४९ रन बनाउदै प्रतियोगितामा आफ्नो दोस्रो अर्धसतक बनाउन बाट १ रनले चुके।

सौराहा स्याण्डरका रिजन ढकाल , सन्तोष न्यौपाने र सौगात ढकालले सम्मान एक-एक विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याच रोनिम तिवारी भए।

भरतपुरलाई उपाधि जिताउने कप्तान प्रतिक श्रेष्ठले प्रतियोगितामा १३५ बलमा १८ चौका र १७ छक्काको मद्दतले २३५ रन प्रहार गरे। प्रतिक श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट ब्याटर र म्यान अफ द सिरिज भए। प्रतियोगिताको उत्कृष्ट बलर टाँडी टाइटन्सका नरेश प्रदान भए । नरेशले प्रतियोगितामा ९ विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]