प्रतिष्ठान द्वारा संचालित क्रिकेटमा लिटिल एन्जेल बिजयी

२०७९ पुष ११, सोमबार १५:५२

चन्दनकुमार यादब, पुस ११ साेमवार, राजबिराज

क्रिकेट बिकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड राेबिनकाे अाधारमा खेलाईएकाे साेमवारकाे खेलमा लिटिल एन्जेल स्कुलले क्रिकेट प्रतिष्ठान टिमलाई २ रनले पराजित गर्दै बिजय भएका छन।

स्थानिय पविमाबि खेलमैदानमा टस जितेर लिटिल एन्जेल स्कुलले २० अाेभरमा ६ बिकेट गुमाई १ सय ११ रन बनाएका थिए।

जसमा निसान्त यादब २३ रन,भिम यादब २२ रन,गाेपाल मण्डल १४ रन अविजित खेलेका थिए।

बलिंग तर्फ क्रिकेट बिकास प्रतिष्ठानका पंकज राय २ बिकेट सुमन चाैधरी, रितेश राम, कुणाल यादब १/१ बिकेट हात पारेका थिए।

प्रतिउतरमा क्रिकेट बिकास प्रतिष्ठानले १ सय ११ रनकाे लक्ष्य लिएका प्रतिष्ठानले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय ९ रन मै समिति रहे भने लिटिल २ रनले याे खेलमा जित निकालेका थिए।

जसमा राेहित यादब २२ सुमन चाैधरी १७ रन सुशान्त चाैधरी, विशाल यादब ११ र रितेश राम १२ र पंकज राय १३ अविजित रहेपनि जित हात पारेन।

बलिंग तर्फ लिटिल एन्जेलका शिव दासले उत्कृष्ट बलिंग गर्दै ४ अाेभरमा ४ बिकेट, साेहिल अालम, नरेश कामैत २/२ बिकेट र गाेपाल मण्डलले १ बिकेट लिएका थिए।

उक्त अवसरमा सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठले खेलकाे म्यान अफ दि म्याच शिव दासलाई कप प्रदान गरेका थिए।

भाेलीकाे खेल क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच हुने अायाेजक समितिका सन्ताेष यादबले जानकारी दिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy