४८ वर्षीय ताम्बेको सिपिएल टि-२० खेल्ने चाहनामा बिसीसीआईको अबरोध

भारत मुम्बईका ४८ वर्षीय लेग स्पिनर ताम्बेले यो सिजन करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) खेल्न तयार रहेका छन्। उनलाई ट्रिन्बागो नाइट राइडर्सले यो सिजनको लागि आवद्ध गरिसकेको छ। तर बिसीसीआई भने उनको बाटोमा अबरोध बनिरहेको छ।

स्पिनर प्रविन ताम्बेलाई यो वर्ष इन्डियन प्रिमियर लिग खेल्न समेत भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले अयोग्य घोषित गरेको थियो।

“मलाई बिसीसीआईले आफ्नो प्रतियोगिताहरु खेल्न दिईरहेको छैन भने म किन अन्य लिगहरु नखेल्नु ? म फिट छु र अन्य लिग खेल्न योग्य छु। मलाई नाइट राइडर्सले टिममा आवद्ध गरिसकेको छ। म त्यहाँ जानु अघि सबै सावधानीहरु अपनाउनेछु र जानु अघि प्रोटोकलहरु पुरा गर्नेछु।”

“म घरमै आफ्नो फिजिकल फिटनेसमा काम गरिरहेको छु र म यो सिजन खेल्नको लागि उत्साहित छु।” सिपिएल ड्राफ्टमा सबैभन्दा पाका खेलाडी ताम्बेले इन्डीएन एक्सप्रेससंगको कुराकानीमा बताए।

२०२० आईपीएल अक्सनमा कोलकाता नाइट राइडर्सले उनलाई टिममा लिएको थियो तर पछि भारतीय क्रिकेट बोर्डले उनलाई टिममा लिने निर्णय फिर्ता गर्न भनेपछि कोलकाताले बिसीसीआईको आदेश मानेको थियो। बिसीसीआईले मान्यता नदिएको टि-१० लिगको गत संस्करण खेलेका कारण उनलाई बिसीसीआईले प्रतिबन्ध गरेको थियो। विदेशी लिग खेल्न ताम्बेले पचिले सन्यास घोषणा गर्नुपर्छ।

ताम्बेले सन् २०१३ र १५ मा आईपीएलमा राजस्थान रोयल्सको प्रतिनिधित्व गरेका थिए भने दुवई टि-१० लिगको पनि प्रतिनिधित्व गरिसकेका छन्। ४१ वर्षको उमेरमा आईपीएल डेब्यु गर्दै रेकर्ड कायम गरेका ताम्बेले ३३ आईपीए खेलमा २८ विकेट लिएका थिए। यस्तै गत सिजन टि-१० लिगमा सिन्धीजको लागि खेल्ने क्रममा उनि टि-२० फर्म्याटमा ह्याट्रिक लिने पहिलो क्रिकेटर बनेका थिए। यस्तै उनि टि-१० लिगको एकै खेलमा ५ विकेट लिने पनि पहिलो र एकमात्र बलर हुन्। केरला नाइट्स बिरुद्ध गत वर्ष उनले यो उपलब्धि हाँसिल गरेका थिए।

बिसीसीआईले घरेलु क्रिकेटबाट सन्यास नलिएसम्म आफ्नो क्रिकेटरहरुलाई विदेशी लिगमा खेल्न प्रतिबन्ध गर्दै आएको छ। युवराज सिंहले गत वर्ष क्यानडामा ग्लोबल टि-२० लिग खेल्नु अघि त्यसै कारण सन्यास घोषणा गरेका थिए। बिसीसीआईको यो निर्णय बिरुद्ध हरभजन सिंह, सुरेश रैना जस्ता क्रिकेटरहरुले पछिल्लो समय आवाज उठाईरहेका छन्।

सिपिएल टि-२० ड्राफ्ट बुधबार सम्पन्न भैसकेको छ तर आयोजकले अधिकारिक रुपमा भने ड्राफ्टको नतिजा सार्वजनिक गरको छैन। ड्राफ्ट अनलाइन मार्फत गरिएको थियो जसमा २३ देशका ५३७ खेलाडीहरु सहभागी रहेका थिए। नेपाली स्पिनर सन्दिप लामिछाने पनि ९० हजार डलर मूल्य सहित ड्राफ्टमा सहभागी थिए। सन्दिपलाई कुनै टिमले लिएको नलिएको खबर अझै सिपिएल आयोजकले सार्वजनिक गरको छैन।

करेबियन प्रिमियर लिग अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुनेछ। प्रतियोगिता दर्शक विहिन मैदानमा संचालन गरिनेछ। आयोजनाको लागि सरकारको अनुमति भने अझै लिगले पाउन बाँकी रहेको छ।

यो पनि पढ्नुस – आफूखुसी कोरोना टेस्ट गराएपछि पाकिस्तान बोर्ड हफिजसंग रुस्ट





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]