लुम्बिनी लायन्स र रिलायन्स फाइनान्स बीच प्रायोजन सम्झौता

नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ।

रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने छ।

सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ श्री समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर श्री राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। (यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्दछ।) रिलायन्स फाइनान्सका सीईओ, श्री समाज प्रकाश श्रेष्ठले प्रस्ट पार्नुभयो। लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका
कप्तान रोहित पौडेलले गर्दैछन्‌। अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ।

फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्‌, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए। यसका साथै भारतका यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन्‌। फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन्‌।

नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन्‌, र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ। लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।





थप समाचार

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँमा जारि नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को […]

एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ। दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा […]

एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले […]

एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ। […]

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]