प्रारम्भिक टोलीको घोषणा: सुबास र प्रदिपको पुनरागमन, हरि चौहानको इन्ट्री

Nepal Cricket Team
  • विकेटनेपाल, असार २२ 

लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ तारिखमा हुने आयोजक मेरीलेबोन क्रिकेट क्लब (एमसिसी), नेदरल्याण्ड र नेपाल सम्मिलित टि-२० त्रिकोणात्मक शृंखला तथा नेदरल्याण्डसँग अगस्ट १ र ३ मा हुने ऐतिहासिक एकदिवसीय सिरिजको तयारिको लागि २० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक टोलिको घोषणा गरिएको छ।

शुक्रबार सार्बजनिक गरिएको टिममा विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल र ब्याट्सम्यान प्रदीप ऐरीले लामो समयपछी पुनरागमन गरेका छन्। यस्तै अलराउण्डर हरि चौहानले पहिलोपल्ट राष्ट्रिय टोलीको बन्दसत्रको यात्रा तय गरेका छन्। तिनैजना खेलाडीले गत महिना काठमाण्डौमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि यहाँसम्मको यात्रा गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल ईस्लाम, राष्ट्रिय टिमका कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटाको तिन सदस्यीय टिमले छनौट गरेको हो। छनौट गरेको टिममा सुबास खकुरेल, प्रदीप ऐरी, हरि चौहानका साथै अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेसावकर, सोमपाल कामी, सुनिल धमला र सुशन भारी रहेका छन्।

सुबास खकुरेल र प्रदिप ऐरि टिममा फर्किएका छन्

यसअघि मुख्य विकेटकिपर तथा ओपनरको रुपमा टिममा रहेका दिलिप नाथले भने स्थान बनाउन सकेनन्। यस्तै मलेसियन प्रिमियर लिग खेल्न मलेसियामा यति बेला रहेका आसिफ शेख र सागर पुन पनि प्रारम्भिक टिममा छैनन्। सागर प्रधानमन्त्री कप प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।

नेपाली टोलीले भ्रमणको लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्। बन्द-प्रशिक्षणपछि केहि दिनमा इंग्ल्याण्ड र नेदरल्यान्ड जाने अन्तिम १५ खेलाडीको नाम घोषणा गरिने छ।

यस्तो थियो प्रधानमन्त्री कपमा सुबास, प्रदिप र हरिको प्रदर्शन :

पछिल्लो पटक सन् २०१४ मा स्कटल्याण्ड बिरुद्ध नेपाली टोलीको प्रतिनिधित्व गरेका प्रदिप ऐरीले ४ बर्ष पछि तथा ३ बर्ष अघि २०१५ मा अन्तिम पल्ट टिममा अटाएका सुबास खकुरेलले पुनः एकपटक राष्ट्रिय टोलीको प्रारम्भिक सुचिमा स्थान बनाएका छन्। यस्तै हरि चौहानले प्रधानमन्त्री कपमा उत्कृस्ट प्रदर्शन गरेपछि पहिलोपल्ट राष्ट्रिय टिमको नजिक पुगेका छन्। उक्त प्रतियोगितामा प्रदीप ऐरीले १ शतक सहित ३१५ रन बनाउँदै उत्कृस्ट ब्याट्सम्यान बनेका थिए भने सुबास खकुरेलले पनि १ शतक सहित २०८ रन जोडेका थिए। शसस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि खेल्ने खकुरेल र ऐरीको प्रदर्शनमा उपाधी जितेको थियो।

Hari Chauhan
Hari Chauhan

प्रतियोगितामा उदयमान खेलाडी बनेका अलराउण्डर हरि चौहानले भने अन्तर्राष्ट्रिय क्रिकेटमा पनि बिरलैमात्रामा बन्ने किर्तिमान बनाएका थिए। प्रदेश नम्बर ४ को प्रतिनिधित्व गरेका उनले प्रदेश नम्बर १ बिरुद्दको खेलमा ब्याटिंगतर्फ शतक तथा बलिंगतर्फ ह्याट्रिक सहित ४ विकेट लिएका थिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]