इपिएल टि-२० : चितवनको कप्तानी पृथु बास्कोटाले गर्ने

  • विकेटनेपाल, मङ्सिर १९  – विहिबार

यही मङ्सिर २२ गते देखि सुरु हुने एभरेस्ट प्रिमियर लिगको टिम चितवन टाइगर्सले टिम कप्तानको घोषणा गरेको छ।

नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा राष्ट्रिय क्रिकेटर पृथु बास्कोटालाई टाइगर्सले कप्तानी सुम्पने निर्णय गरेको छ। टाइगर्सको मार्की प्लेयरको रुपमा यु-१९ टिमकै अर्का पुर्व कप्तान दिपेन्द्र सिंह ऐरि रहे पनि सिनियर खेलाडी बास्कोटालाई कप्तानी दिने निर्णय टिमले गरेको हो।

पृथुले नेपाली अन्डर-१९/१७/१५ तिनवटा टिमको सफल कप्तानी गरिसकेका छन्। उनकै कप्तानीमा नेपालले एसीसी यु-१५ र यु-१७ प्रतियोगिताको उपाधी जितेको थियो भने सन् २०१२ आईसीसी यु-१९ विश्वकपमा पनि प्रतिनिधित्व गरेको थियो। सन् २०१३ एकदिवसीय बिश्व कप छनौटको क्रममा घाइते भएपछि पृथु पुनः कहिले घाइते हुँदै त कहिले फर्मबाट बाहिरिंदा राष्ट्रिय टिममा भने स्थान बनाउन सकीरहेका छैनन्।

गत बर्ष इपिएलमा पनि चितवनको कप्तान पृथुलाईनै घोषणा गरिएको थियो तर लिग सुरु हुनु अघि डेजाभु काण्डमा प्रहरी हिरासतमा परेपछि उनले प्रतियोगिता गुमाउन पुग्दा ऐरिलाई कप्तानमा नियुक्त गरिएको थियो।

अघिल्लो सिजन टाइगर्सको प्रदर्शन निकै कमजोर रहेको थियो र ५ खेलमा १ मात्र जित निकाल्न सकेको थियो।

Prithu Baskota
Prithu Baskota

चितवन टाइगर्स टिममा दिपेन्द्र ऐरि, पृथु बास्कोटा, दिलिप नाथ, सन्दिप सुनार, भिम सार्की, ललित सिंह भण्डारी, कमल सिंह ऐरि, सागर ढकाल, शाहब आलम, आदील खान, इशान पाण्डे जस्ता खेलाडीहरु रहेका छन्। टिमले बिदेशी खेलाडीको रुपमा आयरल्याण्डका स्टार खेलाडी पल स्टरलिङ्गलाई लिएको छ भने इंग्ल्याण्ड काउन्टी क्रिकेटर जोन सिम्प्सन र जर्ज स्कटलाई समेत आबद्ध गरेको छ। स्टरलिङ्ग विहिबार राति काठमाडौँ आउने छन् भने जोन र जर्ज काठमाडौँ आईसकेका छन्।

टाइगर्सले प्रेस बिज्ञप्ति जारि गर्दै पुर्व राष्ट्रिय क्रिकेटर कलाम अलिलाई टिम प्रशिक्षकको रुपमा नियुक्त गरेको समेत घोषणा गरेको छ। यस्तै टिमको लिडर तथा टेक्निकल डिरेक्टरको रुपमा स्यामसंग जंग थापालाई नियुक्त गरेको छ। थापाले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण गरिसकेका छन्।

Paul Stirling

कप्तान पृथु बास्कोटाले विविध कारणले गत बर्ष टिमको प्रदर्शन उल्लेखनीय हुन नपाएको भन्दै यस बर्ष टाइगर्स प्रतियोगिता जित्ने दाबेदारको रुपमा रहेको बताएका छन्। उनले टिम वर्क राम्रो भएकोले गतवर्ष भन्दा यो बर्ष टिम अब्बल स्थानमा रहने समेत बिज्ञप्ति मार्फत बताए।

टिमका अपरेशन म्यानेजर प्रशन्न शाक्यले टिमको तयारी अन्तिम चरणमा पुगेको र यो पटक ब्यवस्थापन पक्षलाई चुस्त बनाएर राम्रो प्रतिफल ल्याउन टिम तयार रहेको बताएका छन्। त्यस्तै टिमका प्रशिक्षक कलम अलिले यस पटक टाइगर्सको टिम सन्तुलित र युवा जोशले भरिएको तथा सबै खेलाडीहरु जोडतोडका साथ् अभ्यास गरि मानसिक रुपमा समेत तयार भएको बताएका छन्। टेक्निकल डिरेक्टर स्यामसंग जंग थापाले पल स्टरलिङ्गले टि-१० क्रिकेटमा राम्रो प्रदर्शन गरेको कारण टिमलाइ थप मजबुत बनाएको बताएका छन्।

सुबास खकुरेललाई बाईबाई 

पछिल्लो बर्ष टाइगर्समा रहेका विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेललाई टिमले रिलिज गरेको छ। सुबास गत बर्ष टिममा रहे पनि चोटका कारण टिम ब्यबस्थापकको भूमिकामा थिए। गत बर्ष टोलिबाट खेलेका सुनम गौतम र योगेन्द्र सिंह कार्कीलाई चितवनले रिलिज गरेको छ। सुबास, सुनम र योगेन्द्रको स्थानमा टिमले यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका ३ खेलाडी आदील खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ।

Subash Khakurel
Subash Khakurel

सुबासलाई रिलिज गर्नुको कारण बारे भने टिमले खुलाएको छैन र विकेटनेपालले बुझे अनुसार प्रदर्शन भन्दा पनि अन्य अन्तरिक कारणले रिलिज गरेको हो। अन्य टिमले पनि खकुरेललाई नलिंदा यो पटक इपिएल उनले गुमाउने छन्। गत महिना सम्पन्न पोखरा प्रिमियर लिगमा पनि खकुरेलले आफ्नो नाम दर्ता गराएका थिएनन्।

 





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]