सोचे अनुरुप प्रदर्शन देखाउन सकिन : चितवन कप्तान पृथु

Prithu Baskota
  • विकेटनेपाल, पौष-४ , बुधबार 

चितवन टाईगर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ। बुधवार भएको भैरहवा विरुद्धको खेलमा ४ विकेटले पराजित हुदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो।

इलिमीनेटरमा टिम पराजित भए पछि आफुले कप्तानको रुपमा आफुले पुरा प्रयास गरेको कप्तान बास्कोटाले बताएका छन्-

“मैले मरो तर्फबाट शत प्रतिशत दिने प्रयास गरे, तर पनि जिताउन सकिएन। मैले आफ्नो प्रदर्शनको मुल्याङकन गर्न त मुस्किल हुन्छ । तर पनि सट्सहरु धेरै नखेलेको मलाई महशुस भईरहेको छ।” बास्कोटाले भने।

“समग्र प्रतियोगिता राम्रै भयो । तर, म अम्पायरको निर्णय प्रति भने त्यति सन्तुष्ट छैन्। म एउटा जिम्मेवार खेलाडी हुँ मैले अम्पायरको डिसिजन मान्नु पर्ने हुन्छ।” आज इलिमिनेटरमा चितवनलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको हो। चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो

त्यस्तै भैरहवाका कप्तान शरद भेसावकरले आफ्नो टिम प्रतियोगिताको उपाधिबाट टाढा नभएको बताए-
“आजको खेलमा प्रदिप ऐरिले जुन तरिकाको खेल खेले त्योनै आजको खेलको सबै भन्दा राम्रो कुरा हो। उनको उत्कृष्ट खेलले हामिलाई केहि सहजता भयो।”

“जसरि आजको खेलमा हाम्रो खेलाडीहरुले खेल खेले त्यसमा म सारै खुसि छु। अन्तिम दुई ओभरमा जुन तरिकाको रन बन्यो। त्यसलेनै हामिलाई प्रतियोगितामा सहज भायो”  भैरहवाले भोलि (बिहिबार) काठामाडौँसंग दोश्रो क्वालीफायर खेल्दैछ जुन खेल जिते फाइनलमा ललितपुरसंग खेल्न पाउनेछ।

काठमाडौँ विरुद्धको खेलमा अझै बलियो भएर निस्कने शरदले बताए “अहिले सम्म भोलिको खेलको बारेमा केहि सोचेको छैन्। तर भोलिको खेलमा सधैझै भन्दा केहि बलियो भएर आउनु पर्छ”

मैले आफ्नो प्रदर्शनमा सुधार गरिरहेको छु : प्रदीप ऐरी

चितवन विरुद्धको खेलमा म्यान अफ द म्याच भएका भैरहवाका खेलाडी प्रदीप ऐरीले आफ्नो प्रदर्शन सुधार गर्दै आइरहेको बताएका छन्।
भैरहवा विरुद्धको खेलमा आफ्नो टिमलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका उनले टोलिका लागि ४२ रन बनाए।

चितवन बिरुद्धको खेल जिताउन प्रदीपले कप्तान सरद भेषावकरसंग ५६ रनको साझेदारी गरेका थिए। प्रदीपले भने, “मैले आफ्नो खेलमा सुधार गर्दै आइरहेको छु। आजको खेलमा मैले जसरि पनि १ सय ४० रनको लक्ष्य भेटाउनु थियो। म त्यहि कुरामा फोकस गरिरहेको थिए । र मैले मेरो योगफल भेटाए पनि।” प्रदिप र शरदले ५६ रनको साझेदारी गरेका थिए।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]