पृथु बास्कोटा पक्राउबारे चितवन टाइगर्सको यस्तो स्पष्टीकरण

  • विकेटनेपाल, मङ्सिर २८

नाइट क्लब डेजाभु काण्ड पछि प्रहरीको नियन्त्रणमा रहेका रास्ट्रिय क्रिकेटर तथा ईपीएल टि-२० मा चितवन टाइगर्सका कप्तान समेत रहेका पृथु बास्कोटाबारे चितवन टाइगर्सले अधिकारिक धारणा सार्बजनिक गरेको छ।

पुर्व यु १९ रास्ट्रीय क्रिकेट टिमका कप्तान पृथु बास्कोटा प्रहरी नियन्त्रणमा रहेका छन् । बास्कोटा चर्चित नाइट क्लब देजाभुका शेयर धनि हुन्।

चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरेको नाइट क्लबले पुर्व निर्धारित समयमा डिजे ल्याउन नसकेपछि महँगो मूल्यमा टिकट काटेका दर्शकहरुले बुधबार राति तोडफोड गरेका थिए। क्लबमा ३००० जना अट्ने क्षमता भएपनि ७००० जनाको टिकट कटाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले क्लब संचलान गर्ने आठजनालाई पक्राउ गरेको हो। क्लबले २,५०० र ३,५०० दरले ७००० जनालाई टिकट दिएको अनलाईनखबरले लेखेको छ । पृथुसंगै पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् ।

क्लबले आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेको धारणा

चितवन टाइगर्सका आदरणीय प्रशंसक ज्युहरु,

सोमबारबाट सुरु हुन लागेको टिभिएस एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा यस चितवन टाइगर्सका कप्तानमा नियुक्त पृथु बाँस्कोटा प्रहरीबाट पक्राउ परिएको समाचारमा हाम्रो ध्यानकर्षण भएको छ । अमेरिकन डिजे मार्सेमेलो बुधबार राती काठमाडौंको दरबार मार्ग स्थित डे जा भु नाइट क्लबमा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । तर अस्वस्थका कारण आफु अनुपस्थित हुन नसकेको मार्सेमेलो स्वंमले सामाजिक सञ्जालबाट जनाइसकेका छन् । त्यसअघि नै मार्सेमेलो उपस्थित नहुने भएपछि डे जा भु क्बल तोडफोड गरेको र त्यस पश्चात पृथुसहित डे जा भु सँग जोडिएका व्यक्तिहरुलाई सञ्चाक भनी प्रहरीले नियन्त्रणमा लिएको थियो । यहा स्पष्ट हुनु पर्ने के छ भने यस चितनव टाइगर्सका कप्तान पृथु बाँस्कोटा डे जा भुका सञ्चालक नभई सेयर धनीमात्र हुन् । जसरी बैंकको कुनै पनि कारोबार तथा अन्य कार्यका लागि बैंक आफै जबाफदेही हुन्छ ना की शेयरधनी । त्यसैगरी पृथु पनि डे जा भुका सञ्चालक नभई शेयर धनीमात्र हुन् ।

https://www.youtube.com/watch?v=aZB9J8BXxV0&t=8s

अर्को मार्सेमेलोको कार्यक्रमको आयोजक डे जा भु नभएर अर्को इभेन्ट कम्पनी हो । डे जा भुले आफ्नो क्लब त्यसका लागि भाडामा दिएको हो । त्यसैले डिजे मार्सेमेलोको कार्यक्रम सहित अन्यमा पृथुको संलग्नता नभएको यहा स्पष्ट पार्न चाहान्छु । प्रहरीले सोधपुछका लागि राखिएका पृथुलाई विना कसुर भएकाले चाँडै फुकुवा गर्ने यस चितवन टाइगर्सको बुझाइरहेको छ । यस विषयमा पृथुलाई आवश्यक सहयोगका लागि चितवन टाइगर्स तयार रहेको छ ।


उता क्लब डेजाभुले पनि स्पष्टीकरण दिंदै मार्सेमेलोको कार्यक्रममा डेजाभुले ठाउँ मात्र दिनु बाहेक अन्य काममा क्लबको संलग्नता नरहेको प्रस्ट परेको छ ।

इभेन्टको आयोजना @61 live & ktm live nepal ले गरेको थियो जसले जोनै यसको दोषी रहेको उसले बताएको छ।

पृथु बास्कोटालाई  पौष ३ गतेदेखि हुन लागेको एभरेष्ट प्रिमियर लिग टी-२० प्रतियोगिताको टोलि चितवन टाइगर्सले केहिदिन अघि मात्रै कप्तानको रुपमा छनोट गरेको थियो ।

रास्ट्रिय क्रिकेट टिमका सदस्य रहीसकेका बास्कोटाले नेपाली अन्डर-१९/१७/१५ तिनवटा टिमको सफल कप्तानी गरिसकेका छन्। उनकै कप्तानीमा नेपालले एसीसी यु १५ र यु १७ प्रतियोगिताको उपाधी जितेको थियो भने सन् २०१२ आईसीसी यु १९ विश्वकपमा पनि प्रतिनिधित्व गरेको थियो।

पृथु बास्कोटा हिजो दिउँसो करिब २ बजेसम्म मुलपानी मैदानमा भएको चितवन टाइगर्सको अभ्यास सत्रमा उपस्थित रहेको टाइगर्सका प्रशिक्षक कलाम अलिले विकेटनेपाललाई बताए।

खेलाडी खरिदमा ९ लाख २० हजार रुपैयाँ खर्चेको टाइगर्सले सबैभन्दा महँगोमा पृथु बास्कोटालाई १ लाख ४० हजार रुपियाँमा किनेको थियो ।डिजे मार्श्मेल्लोले भने आफु फुड पोइजनको कारणले कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै सामाजिक संजालमा लेखेका छन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]