पृथु बास्कोटाद्वारा बन्द प्रशिक्षणबाट नाम फिर्ता, कारण यस्तो

नेपाली क्रिकेट टिमको २० सदस्यीय बन्द प्रशिक्षण टोलिमा रहेका पृथु बास्कोटाले नाम फिर्ता लिएका छन्।

नेपालले जुलाई तेश्रो साता स्पेनमा सुरु हुने आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग खेल्ने त्रिकोणात्मक सिरिजको लागि मंगलबार देखि बन्दप्रशिक्षण सुरु गर्दैछ। बन्द प्रशिक्षण सुरु हुनु अघि सोमबार खेलाडीहरुको कोभीड-१९ पीसीआर परिक्षण गरिएको थियो। पृथु बास्कोटा बाहेक अन्य १९ जना खेलाडीहरु तथा अफिसियलहरुले पीसीआर परिक्षण गराएका हुन्।


पृथु बास्कोटा हाल अमेरिकामा रहेका छन्। बास्कोटा र बसन्त रेग्मी अमेरिकामा रहेको नेपाली क्लब नेपाली राइनोज अलस्टार्स बाट स्थानीय प्रतियोगिता खेल्न दुई महिना अघि त्यसतर्फ प्रस्थान गरेका थिए। कोभीड-१९ का कारण नेपाल आउन समस्या भएका कारण उनले बन्दप्रशिक्षणबाट नाम फिर्ता लिएका हुन्। भेट्रान देब्रे हाते स्पिनर रेग्मीलाई भने बन्द प्रशिक्षणमै समाबेश गरिएन।

पृथु बास्कोटाको स्थानमा क्यानले अब अर्को खेलाडीलाई बन्द प्रशिक्षणमा समाबेश गर्नेछ जसको नाम क्यानले छिट्टै घोषणा गर्नेछ।

Prithu Baskota प्रधानमन्त्रीकप एकदिवसीय प्रतियोगिताको सर्वाधिक रनकर्ता रहेका थिए

२८ वर्षीय ब्याट्सम्यान बास्कोटाले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै छनोटकर्ता तथा प्रशिक्षक डेभ व्हाटमोरको मन जितेका थिए। यो वर्ष जनवरीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पृथु प्रतियोगिताकै सर्वाधिक रनकर्ता रहेका थिए। बागमती प्रदेशको प्रतिनिधित्व गरेका उनले ५ खेलमा २ अर्धशतक मद्दतले ७१.६६ को औशतमा २१५ रन बनाएका थिए।

राम्रो लयमा रहेका २८ वर्षीय ब्याट्सम्यानले राष्ट्रिय टिममा पुनरागमन गर्ने राम्रो मौका उनले यो पटक गुमाएका छन्। नेपाली राष्ट्रिय टिमको लागि सन् २०१० को एसियन गेम्समा डेब्यु गरेका पृथुले टि-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा भने डेब्यु गरेका छैनन्। पहिल्लो पटक उनले नेपाली राष्ट्रिय टिमको लागि सन् २०१५ को आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड बिरुद्ध खेलेका थिए।

सम्बन्धित 

ICC WCL-2 : नेपालको अभ्यास मंगलबार देखि, पानि पर्दा पनि अभ्यास नरोक्न क्यानको यस्तो तयारी

जर्सी डिजाइन कन्टेस्ट : ५ सय बढीको सहभागिता, उत्कृस्ट छनोट गर्न कमिटि गठन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy