को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

२०७७ आश्विन २०, मंगलवार १७:२६

घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका सनराइजर्स हैदरावादका सिनियर फास्ट बलर भुवनेश्वर कुमारको स्थान पृथ्वी राज याराले लिने भएका छन्।

‘थाई मसल इन्जुरी’ का कारण सोमबार उनि लिगबाट बाहिर भएको अधिकारिक घोषणा भएको थियो। उनलाई निको हुन ६ देखि ८ हफ्ता लाग्ने बताईएको छ त्यसकारण आईपीएल पछिको भारतको अस्ट्रेलियासंगको सिरिज पनि गुमाउने सम्भावना रहेको छ।

कुमार अक्टोबर २ मा चेन्नाई बिरुद्धको खेलमा अन्तिम ओभर बलिंग गर्ने क्रममा चोटिल भएका थिए। उनलेमात्र १ बल गरेपछि मैदान बाहिर भएका थिए। खेलमा उनले ३.१ ओभर बलिंग गर्दा २० रन खर्चेर १ विकेट लिएका थिए। कुमारले बलिंग गर्न नसक्दा उनको सट्टा स्पेल खलिल एहमदले पुरा गरेका थिए।

“घाइते भएका कारण भुवनेश्वर कुमार आईपीएल २०२० बाट बाहिरिएका छन्। हामि उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्छौं। पृथ्वी राज याराले बाँकी सिजन उनलाई प्रतिस्थापन गर्नेछन्।” हैदरावादले ट्वीट गर्दै जानकारी गराएको छ।

को हुन् यारा 

आन्ध्रप्रदेशका पृथ्वी राज याराले गत सिजन कोलकाता नाइट राइडर्ससंग जोडिएका थिए। रोचक त के छ भने उनले हैदरावाद बिरुद्ध ईडन गार्डेनमा डेब्यु समेत गरेका थिए। देब्रे हाते फास्ट बलर डेब्युमा डेभिड वार्नरको विकेट लिंदा ३ ओभरमा २९ रन खर्चेका थिए। त्यसपछि राजस्थान बिरुद्ध दोश्रो खेलमा पनि उनले मौका पाएका थिए जुन खेलमा विकेटविहिन रहंदा २ ओभरमा २८ रन खर्चेका थिए। तर त्यसपछि भने उनलाई मौका दिईएको थिएन।

याराले गत सिजन कोलकाताको लागि हैदरावाद बिरुद्ध डेब्यु गर्ने क्रममा डेभिड वार्नरको विकेट लिएका थिए

पृथ्वी राज हाल युएईमानै रहेका छन् जो हैदरावाद टिमसंग नेट बलरको रुपमा जोडिएका थिए। टिमसंग रहेको हुनाले उनले क्वारेन्टाइनमा बस्नुपर्नेछैन् र आगामी खेलको लागि उपलब्ध रहेका छन्।

“पृथ्वीसंग आईपीएलको अनुभव रहेको छ जसले कोलकाताको लागि गत सिजन खेलीसकेका छन्। उनि नेटमा उत्कृस्ट बलिंग गरेका छन् र अभ्यास खेलमा पनि राम्रो प्रदर्शन थियो। त्यसैले उनि हाम्रो लागि सहि बिकल्प हुन्” टिमका मेन्टर भीभीएस लक्ष्मणले बताएका छन्।

विजय हजारे ट्रफी २०१७/१८ मा १५० किलोमिटर प्रति घण्टाको गतिमा बलिंग गरेपछि छनौटकर्ताहरुको ध्यान उनमा गएको थियो। २२ वर्षीय याराले हालसम्म ११ प्रथम श्रेणी, ९ लिस्ट ए तथा ३ वटा टि-२० खेलेका छन। उनले प्रथम श्रेणीमा ३९ विकेट तथा टि-२० मा ४ विकेट लिएका छन्। उनले २०१७ मा भारत ‘ए’ टिमको समेत प्रतिनिधित्व गरेका थिए।

यस अघि हैदरावादका अर्का फास्ट बलर मिचेल मार्श पनि बैंगलोर बिरुद्धको पहिलो खेलमा खुट्टाको चोटको कारण प्रतियोगिताबाटै बाहिरिएका थिए। मार्शको प्रतिस्थापनमा टिमले वेस्टइन्डिज क्रिकेटर जेसन होल्डरलाई टिममा भित्र्याएको छ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल बिहिबार किंग्स-११ पन्जाब बिरुद्ध खेल्नेछ। ५ खेलमा २ जित र ३ हार पछि हैदरावाद अंकतालिकाको सातौँ स्थानमा छ।

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy