- विकेटनेपाल, १८ असोज
वेस्ट इन्डिज र भारत बीच भारतको राजकोटमा २ टेस्टको शृंखला अन्तर्गत पहिलो टेस्ट सुरु भएको छ। टेस्टको पहिलो दिन भारतले दिनको समाप्तिमा ३६४/४ को योगफल तयार गरेको छ।
भारतको लागि ओपनर प्रिथ्भी शाले पहिलो टेस्ट खेल्ने क्रममा १३४ रन बनाएर आउट भए जुन क्रममा १५४ बल खेल्दा १९ चौका प्रहार गरे। यस्तै चेतेश्वर पुजाराले ८६, अजिंके रहानेले ४४ रन योगदान दिंदा कप्तान बिराट कोहली ७२ तथा रिशभ पन्त १७ रन बनाएर ब्याटिंग गरिरहेका छन्।
पहिलो दिनमा भारतले उत्कृस्ट सुरुवात गरे पनि भारतीय टिम भन्दा पहिलो टेस्ट खेलीरहेका प्रिथ्भी शाको चर्चा यति बेला उत्कर्षमा छ। १८ बर्ष, ३२९ दिन उमेर पुगेका प्रिथ्भी शा भारतको लागि टेस्ट खेल्ने शा २९३ औं खेलाडी बनेका छन्।
पहिलो टेस्टमै शतक प्रहार गरेका शाले भबिष्यको स्टार ब्याट्सम्यान बन्ने संकेत गर्दै निम्न रेकर्ड समेत बनाएका छन् –
छिटो शतकको रेकर्ड
शा ले शतक प्रहार गर्न ९९ बल लगाए जुन डेब्युमा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको तेश्रो छिटो शतक हो। टेस्ट डेब्युमा शिखर धवनले सर्वाधिक छिटो ८५ बलमा अस्ट्रेलिया बिरुद्ध २०१३ मा शतक बनाएका थिए। डेब्युमा दोश्रो छिटो शतक बनाउने ब्याट्सम्यान ड्वेन स्मिथले ९३ बलमा शतक बनाएका थिए।
डेब्युमा शतक बनाउदा कम उमेर
टेस्ट डेब्युमा शतक बनाउदा सबैभन्दा कम उमेर हुने ब्याट्सम्यानको सुचीमा शा बिश्वमै चौथो नम्बरमा रहेका छन्। बंगलादेशका मोहम्मद अश्रफुलले १७ बर्ष ६१ दिन, जिम्बाबेका ह्यामिल्टन मासाकाट्जाले १७ बर्ष ३५२ दिन र पाकिस्तानका सलिम मलिकले १८ बर्ष ३२३ दिनको उमेरमा डेब्यु शतक बनाएका थिए। शाको उमेर १८ बर्ष ३२९ दिन रहेको छ।
डेब्युमै शतक
पहिलो टेस्टमै शतक बनाउने शा १५ औं भारतीय ब्याट्सम्यान हुन्। सौरभ गांगुली, सुरेश रैना, रोहित शर्मा, बिरेन्द्र सहवाग जस्ता ब्याट्सम्यानले पनि डेब्युमा शतक बनाएका थिए।
भारतको लागि शतक बनाउने दोश्रो कान्छो
टेस्टमा भारतको लागि शतक प्रहार गर्ने शा दोश्रो कान्छो खेलाडी हुन्। सचिन तेन्दुलकरले पहिलो शतक १७ बर्ष १०७ दिनको उमेर हुँदा प्रहार गरेका थिए। बिश्वकै कुरा गर्दा शा टेस्ट शतक प्रहार गर्ने सातौँ कान्छा ब्याट्सम्यान हुन्।
डेब्युमा धेरै रन
डेब्युमा शाले बनाएको १३४ रन भारतको लागि डेब्युमा बनाएको तश्रो सर्वाधिक रन हो। डेब्युमा शा भन्दा धेरै शिखर धवनले १८७, रोहित शर्माले १७७ तथा गुडप्पा बिश्वनाथले १३७ रन बनाएका थिए।
( क्रिकेटकन्ट्री र क्रिक्इन्फोको सहयोगमा तयार गरिएको )