को हुन् भारतको लागि आज टेस्ट डेब्यु गर्ने टिन-एजर प्रिथ्भी शा

  • विकेटनेपाल, असोज १८ 

भारत र वेस्ट इन्डिज बीच भारतको राजकोटमा २ टेस्टको शृंखला अन्तर्गत पहिलो टेस्ट सुरु भएको छ। टेस्टमा भारतले टिन एज ( १८ बर्ष, ३२९ दिन ) क्रिकेटर प्रिथ्भी शालाई यो टेस्टमा डेब्यु गराएको छ। भारतको लागि टेस्ट खेल्ने शा २९३ औं खेलाडी बनेका छन्।

मात्र १४ वटा प्रथम श्रेणी क्रिकेट खेलेका शा टेस्ट क्रिकेटमा भारतको लागि डेब्यु गर्ने दोश्रो सबैभन्दा कम प्रथम श्रेणी अनुभव भएका क्रिकेटर बनेका छन्। उनि भन्दा अघि सचिन तेन्दुलकरले मात्र ९ प्रथम श्रेणी खेल खेल्दै भारतको लागि टेस्टमा डेब्यु गरेका थिए।

यस अघि इंग्ल्याण्ड टुरमा  भारतीय टिममा समाबेस गरिएता पनि उनलाई अन्तिम ११ मा भने मौका दिईएको छैन। तर अन्ततः निकै चर्चा पछि शाले भारतीय जर्सी लगाउने मौका पाएका छन् –

आउनुस अझै नजिकबाट चिनौ पृथ्बी शालाई

सानैमा शोक

४ बर्षको उमेरमा आफ्नो आमालाई गुमाएका पृथ्वीलाई उनको पिताले क्रिकेट खेलको लागि सधै उत्साह दिने गर्थे। प्रत्येक दिन डेढ घण्टा ट्रेनमा यात्रा गर्दै उनका पिताले मुम्बई बान्द्रामा अभ्यासको लागि लैजाने गर्थे। उनको बुवाले छोराको क्रिकेटर बन्ने सपना पुरा गर्न आफ्नो ब्यबसाय सम्म बन्द गरेका थिए।

१४ बर्षकै उमेरमा धमाल : सन् २०१३ को ह्यारिस सिल्ड इलाइट डिभिजन क्रिकेटको एकै इनिंगमा ५४६ रनको बिशाल इनिंग खेलेका पृथ्वी शा सन् १९०१ देखि कुनै पनि स्तरको क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। उक्त रेकर्ड सन् २०१६ मा प्रनभ धनवाडेले तोड्ने क्रममा १००९ रन बनाएका थिए। सन् २०१२ मा उनलाई इंग्ल्याण्डमा २ महिना खेल्न निम्तो दिईएको थियो जहाँ उनले चेडल स्कुलको लागि खेल्दै पहिलो खेलमा शतक बनाए भने कुल ६८ विकेट लिएर आफ्नो क्षमताको कलिलै उमेरमा प्रदर्शन गरेका थिए।

सचिन आदर्श, सचिनकै बाटोमा

सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्ने दायाँ हाते ब्याट्सम्यानको शारीरिक उचाई सचिनकै जति ५.५ फिट रहेको छ सचिनकै स्तरको खेलाडी हुने आंकलन समेत गर्न थालिएको छ।

Photo Credit – Mumbai Live

सन् २०१७ मा १७ बर्षको उमेरमा भारतको घरेलु क्रिकेट दुलिप ट्रफीमा डेब्यु गरेका पृथ्वीले पहिलो खेलमै इन्डिया रेडको लागि खेल्दै १५४ रनको इनिंग खेल्दै सबैलाई अस्चार्यमा पारेका थिए र पहिलो खेलमै शतकको साथ सचिनको रेकर्ड बराबरी गरेका थिए। त्यति मात्रै हैन उनले रणजी ट्रफीको पनि पहिलो खेलमै शतक बनाएपछि त झन् उनि अर्को तेन्दुलकर हुने चर्चा भएको थियो। दुलिप र रणजी ट्रफीको डेब्युमा सचिनले पनि शतक प्रहार गरेका थिए।

आफ्नै कप्तानी यु-१९ बिश्वकपको उपाधि 

भारतलाई चौथो पटक यु-१९ बिश्वकपको उपाधि दिलाउने क्रममा शाले कप्तानी मात्रै हैन ब्याटिंगमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा उनले ६ खेलको ५ इनिंगमा २६१ रन बनाएका थिए जुन क्रममा २ वटा अर्धशतक प्रहार गरेका थिए। ओपनिङ्ग ब्याटिंग गरेका उनले समुह चरणमा अस्ट्रेलियालाई पराजित गर्न ९४ रनको शानदार इनिंग खेलेका थिए। यस्तै क्वार्टरफाइनलमा बंगलादेशसंग ४० तथा सेमीफाइनलमा पाकिस्तानसंग ४१ रन बनाएका थिए।

आईपीएल यात्रा

भारतलाई यु-१९ बिश्वकप जिताएपछि उनलाई आईपीएल टिम दिल्ली डेयर डेभिल्सले १.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो। आईपीएलमा उनले कोलकातासंग ६२ रन, राजस्थानसंग ४७ तथा हैदराबादसंग ६५ रनको इनिंग खेल्दै प्रभाव छोड्न सफल भएका थिए।

लगातार उत्कृस्ट प्रदर्शन : भारतको ए टिमको लागि खेल्ने क्रममा ‘शा’ ले यसै महिना वेस्ट इन्डिज ‘ए’ बिरुद्ध १८८ रन तथा दक्षिण अफ्रीका ‘ए’ संग १३६ रनको इनिंग खेलेका थिए। यस्तै गत महिना वेस्ट इन्डिज ‘ए’ संग लिस्ट ए मा समेत १०२ रन तथा लिसेस्टरसायरसंग १३२ रनको इनिंग खेलेका थिए। हालसम्म १४ वटा प्रथम श्रेणी खेल खेलेका उनले २६ इनिंगमा ५६.७२ को औशतले १८४९ रन बनाएका छन् जसमा ५ शतक र ७ अर्धशतक सामेल छ।

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]