ईपीएल आयोजक जोहराले प्रो क्लब च्याम्पियनसिप आयोजना गर्दै, भारत, बंगलादेश र मलेसियाका क्लब सहभागी हुने

एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) को आयोजक जोहरा इन्टरनेसनले अप्रिल ८ देखि १६ तारिख ( चैत २५ देखि बैशाख ३ गते ) सम्म भैरहवामा ‘प्रो क्लब च्याम्पियनसिप’ टि-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपालले पपुवा न्यु गिनी र मलेसियासंग खेल्ने त्रिकोणात्मक टि-ट्वान्टी सिरिज समाप्त भएलगत्तै क्लब च्याम्पियनसिप आयोजना हुनेछ। मंगलबार भैरहवामा पत्रकार सम्मेलनमाझ प्रतियोगिता घोषणा गरिएको हो।

प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश र मलेसियाका स्तरीय क्लबहरुको सहभागिता रहने बताईएको छ। केहि दिन भित्रै सहभागी क्लबहरुको नाम घोषणा गरिनेछ। कुल ८ वटा क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी गरएको छ।

५२ वर्षको उमेरको भर्खरै निधन भएका अस्ट्रेलियाका क्रिकेट लेजेण्ड शेन वार्नलाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिन लागिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व राष्ट्रिय क्रिकेटर तथा जोहराका प्रबन्ध निर्देशक आमिर अख्तरले क्लब क्रिकेटलाई प्रवर्द्धन गर्नु महत्वपूर्ण रहेको बताए – “एक पूर्व राष्ट्रिय क्रिकेटरको नाताले म घरेलु क्रिकेटमा क्लब क्रिकेटलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु। दशक अघि सम्म क्लब क्रिकेट नेपालमा प्रतिभा उत्पादन गर्ने मूख्य श्रोत थियो। म क्रिकेटलाई विकेन्द्रित गर्नुपर्छ भन्ने पक्षमा छु त्यसैले भैरहवामा आयोजना गर्न लागेका हौँ। हामीलाई थाहा छ भैरहवाको क्लब क्रिकेटको इतिहास लामो छ जहाँ यो प्रतियोगिता हुनु वास्तवमै लायकको छ।”

प्रतियोगितालाई नेपाल क्रिकेट संघले मान्यता प्रदान गरिसकेको छ भने रुपन्देही क्रिकेट एसोसिएसनले प्राविधिक सहयोग गर्नेछ। अस्ट्रेलियन दुतावास समेत प्रतियोगितालाई साथ दिएको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]