प्रदेश स्तरीय क्रिकेट : सप्तरीको जितमा आलमको शतक

२८ मंसिर, जनकपुर।

धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले महोतरीलाई ७ विकेटले तथा पर्साले सर्लाहिलाई पनि ७ विकेटलेनै पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि महोतरीलाई निम्तो दिए पछि महोतरीले रवी सिंहको शतकीय पारीको मद्धतले निर्धारित ४५ ओभरको खेलमा ७ विकेट गुमाएर २ सय २२ रनको योगफल तयार परेको थियो। सिंहले आर्कषक ब्याटिंग गर्दै ८६ बलमा ५ छक्का र १० चौक्काको मद्धतले अविजित १ सय ८ रन बनाए । रवि बाहेक महोतरीका लागि राजकुमार साहानीले २६, आदित्य झाले २१ र शौरभ नागबन्सीले २० रनको योगदान दिए । बलिंगतर्फ सप्तरीका रोहित सिंह, अनुज यादव, महवुव आलम, रोबिन सिंह, बिकास दास र राहुल मण्डलले सामान १ विकेट लिए ।

२ सय २३ रनको बिशाल लक्ष्य लिएर मैदानमा ओर्लेको सप्तरीको लागि महबुब आलम र आशिष झाको उत्कृष्ट ब्याटिंग गर्दै टिमलाई जित दिलाए। सप्तरीले २६ ओभर ३ बलमै ३ विकेट गुमाएर लक्ष्य पुरा गरे।

महबुब आलमले शतक बनाउने क्रममा मात्र ४७ बलमा ८ चौका र १० छक्काको मद्धतले अविजित १ सय १ रनको योगदान दिए भने आशिष झाले ५० बलमा ५ चौका र ४ छक्काको मद्धतले ६३ रनको योगदान दिए । यी दुई बाहेक राहुल मण्डडले विजित २२ रन बनाए। बलिंगतर्फ महोतरीका मो. युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले सामान १ विकेट लिए।

खेलको म्यान अफ द म्याच बिष्फोटक ब्याटिंग गरेका सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत नै आईतवारबाट बाराको सिद्धेश्वरमा संचालित अर्को खेलमा पर्साले सर्लाहिलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सर्लाहिले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गर्न ओर्लेको सर्लाहिले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ५ बलमा आफना सम्पुर्ण विकेट गुमाई ९२ रनमै समेटिएको थियो । सर्लाहिका लागि सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्धतले २७ तथा सोहन यादव १६ र पप्पु दासले अविजित रहि १६ रनको योगदान दिएका थिए । बलिंगतर्फ पर्साका सैफुल्लाह अंसारीले उत्कृष्ट बलिंग गर्दै ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३ बिकेट लिएका थिए भने समसाद अंसारीले ३ तथा सम्साद मंसुरीले २ विकेट लिएका थिए ।

९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सजिलै भेटाएको थियो । पर्साका लागि सन्तोष कार्किले नटआउट रहि ४६ बलमा ५ चौक्का र १ छक्काको मद्धतले ३६ रन तथा सुरज प्रसाद कुर्मिले २० र सैफालि हवारीले नटआउट रहि २० रनको योगदान दिएका थिए । बलिंगतर्फ सर्लाहिका मेराज मिकरानीले २ तथा गुलसन झाले १ विकेट लिएका थिए ।
उत्कृष्ट बलिंग गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत सोमवार जनकपुरमा धनुषा र सिरहा बिच तथा बाराको सिद्धेश्वरमा सर्लाहि र बारा बिच हुने जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले दिनु भएको छ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]