प्रधानमन्त्री कप महिला क्रिकेटका लागि लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता उपाधि बाँकेले प्राप्त गरेको छ ।
गत पौष १ गतेदेखि नेपालगन्जको मंगल खेलमैदानमा चलेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बाँकेले रुपन्देहीलाई ५ विकेटले पराजित गरेर उपाधिको हकदार भएको हो ।
शनिवार बाँकेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । रुपन्देहीको महिला टिमले २० ओभर खेलेर ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेको थियो । बाँकेको बलर सामु रुपन्देहीका महिला क्रिकेट खेलाडीले ठुला सटहरु प्रहार गर्न नसके पनि रुपन्देही कि क्याप्टेन सरस्वती पुनले ४ चौकाको मद्दतले ४५ बल खेलेर ३६ रन बनाएकी थिइन भने रुपन्देहीकै आष्मा पुलामी मगरले एक चौका सहित ४४ बलमा २१ रन बनाएकी थिइन् ।
बाँके बलरहरु मध्ये बाँके कि क्याप्टेन नेरी थापाले ४ ओभरमा एक मेडन सहित १२ रन दिएर १ विकेट लिएकी थिइन भने बाँके कै गिता गोसाइ ले ४ ओभरमा १२ रन दिएर १ विकेट लिएकी थिइन् ।
९८ रनको लक्ष्य सहित ब्याटिङ गर्न ओर्लिएका बाँके महिला क्रिकेट खेलाडीले १८ ओभर १ बलमा सो लक्ष्य पुरा गरेका थिए । बाँकेका तर्फबाट क्याप्टेन नेरी थापाले आक्रमण ब्याटिङ गर्दै ५ चौका सहित ३६ बलमा नटआउट ४३ रन जोडेकी थिइन् । नेरी आक्रमण ब्याटिङले गर्दा नै बाँके महिला क्रिकेट टोलीलाई जित सहज रहेको थियो । बाँके कै तर्फबाट गीता गोसाइले तीन चौका सहित १३ बलमा १६ रन बनाएकी थिइन् । रुपन्देहीका बलरहरु मध्ये क्याप्टेन सरस्वती पुने ४ ओभरमा एक मेडन सहित ९ रन दिएर २ विकेट लिएकि थिइन् भने अलिसा केसीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिएकी थिइन् ।
श्निवारको खेलमा ४३ रन र १ विकेट लिएकी बाँकेकि क्याप्टेन नेरी थापा वुमन अफ द म्याच भएकी थिइन् । प्रतियोगितामा १ सय ३२ रन बनाएकी नेरी थापा बेष्ट ब्याट्स वुमन भएकी थिइन् भने ५ विकेट लिएकी बाँके सरिता जिसी बेष्ट बलर रहेकी थिइन् ।
प्रतियोगितामा भरि उत्कृष्ट प्रदर्शन गर्दै वुमन अफ द सिरिज पनि नेरी थापा नै रहँदै बिबि साइकल सेन्टर द्वारा एक लेडिज साइकल समेत प्राप्त गरेकी थिइन् । थापाले प्रतियोगिता भरि १ सय ३२ रन बनाएकी थिइन् भने ४ विकेट समेत लिएकी थिइन् ।
यस छनोट प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले केही दिन पछि हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि छनोट गरिने लुम्बिनी र कर्णाली प्रदेश क्रिकेट संघ का अध्यक्ष दुर्ग बहादुर थापामगरले बताए । प्रधानमन्त्री कपका लागि नामावली केहि दिनमा घोषणा गरिने समेत थापाले जानकारी दिए ।
पुष १ गते देखि ४ गते संचालित यस प्रतियोगितामा बाँके जिल्ला सहित दाङ र रुपन्देही गरि तिन जिल्लाको सहभागीता रहेको थियो ।
( साभार – नेपालगंज न्युज )