पल्सर स्पोर्ट्स अवार्ड आज, कुन क्रिकेटर कुन विधामा

  • विकेटनेपाल ,असार १७ गते , काठमाडौं ।

नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने पल्सर स्पोर्ट्स अवार्ड आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ। अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ ।
नेपाल खुलकुद पत्रकार मंचले आयोजना गर्ने अवार्ड कार्यक्रमको मुल आयोजक समारोह समितिका संयोजक तथा मञ्चका अध्यक्ष दुर्गा नाथ सुबेदी (देवेन्द्र) ले अवार्डको अधिकांश काम सकिएको जानकारी दिनुभएको छ। ‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पुर्ण समितिका कामहरु सकिएका छन् । अवार्डको सम्पुर्ण तयारी पुरा भएको छ,’ उहाँले भन्नुभयो । मुल आयोजक समारोह समितिले विभिन्न समिति गठन गरेर अवार्डको तयारी अघि बढाएको थियो ।

क्रिकेटको बर्चस्व 

मञ्चले यसअघि नै पत्रकार सम्मेलनमार्फत विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन्।

यो पटक पनि नेपाली क्रिकेटरहरुले सबै विधामा स्थान बनाएका छन्।

Sandeep Lamichhane

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

यस्तै, वर्ष खेलाडी युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

Sita Rana Magar 

वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन्।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ।

यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यस्तै पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता सिधै अवार्ड कार्यक्रममा घोषणा गरिनेछ । यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेलपत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ।

अवार्ड कार्यक्रमको एक घण्टाअघि खेलाडी छनोट समितिको बैठक बसेर मनोनयनमा परेको विधाबाट विजेता नाम घोषणा गर्ने मञ्चले जनाएको छ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ । यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका छन्।

यसैगरी अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र डिस मिडियाको एक्सन स्पोर्टसले गर्नेछ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता छ । यस्तै, सूर्य नेपाल प्रालि, रुस्लान, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, टर्किस एयरलाइन्स, साहस स्पोर्ट्स सह–प्रायोजकको रुपमा जोडिएका छन् । अवार्ड कार्यक्रमलाई इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत साथ रहनेछ ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]