PSL : ताहिर र रिजवान चम्किंदा मुल्तान विजयी

गय राति सुरु भएको पाकिस्तान सुपर लिग अन्तर्गत पहिलो खेलमा मुल्तान सुल्तान्सले कराची किंग्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कराची स्थित नेसनल स्टेडियममा कराचीले दिएको १२५ रनको लक्ष्य मुल्तानले ३ विकेट क्षेतीमा १८.२ ओभरमा भेटायो। कप्तान तथा ओपनर मोहम्मद रिजवानले अविजित ५२, शोयब मक्सुदले ३०, शान मसुदले २६ तथा टिम डेभिडले अविजित १२ रन बनाए। रिजवान र मक्सुदले दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। कराचीको बलिंगमा मोहम्मद नाबीले २ तथा मोहम्मद इल्यासले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको कराचीले २० ओभरमा ५ विकेट क्षेतीमा १२४ रन बनाएको थियो। उसको लागि ओपनर शर्जिल खानले सर्वाधिक ४३, जोए क्लार्कले २६ तथा बाबर आजमले २३ रन योगदान दिए। शर्जिल र बाबरले ६६ रनको ओपनिंग साझेदारी गरेका थिए।

मुल्तानका लेग स्पिनर इमरान ताहिरले सर्वाधिक  ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १६ रन खर्चिए। शाहनवाज दहानी र खुस्दिल शाहले समान एक विकेट लिए।

लिग अन्तर्गत शुक्रबार एक मात्र खेलमा क्वेटा ग्ल्याडीएटर्स र पेशावर जाल्मी प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय राती ७ बजे सुरु हुनेछ।

लिगमा मुल्तान सुल्तान्स, पेशावर जाल्मी, लाहोर कलन्दर्स, इश्लामावाद युनाइटेड, क्वेटा ग्ल्याडीएटर्स र कराची किंग्स गरि ६ टिम सहभागी छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]