११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ तारिखसम्म आयोजना हुनेछ। प्रतियोगिता अघि यही डिसेम्बर १२ तारिख ( आइतबार ) पाकिस्तानको लाहोरमा खेलाडी छनोट गर्न ड्राफ्ट कार्यक्रम हुँदैछ।

पीएसएल ड्राफ्टमा पाकिस्तानका ४९५ जना र पाकिस्तान बाहिरका ४४३ खेलाडीहरुले विदेशी खेलाडीको रुपमा आफ्नो नाम दर्ता गराएका छन्। नेपालबाट पनि सन्दिप लामिछाने सहित ११ जना नेपाली खेलाडीले ड्राफ्टमा नाम दर्ता गराएका छन्।

राष्ट्रिय क्रिकेट टिमका अन्य खेलाडीहरु बिनोद भण्डारी, सुबास खकुरेल, शारद भेसावकर, सोमपाल कामि, बसन्त रेग्मी, सुशन भारि, शाहब आलम, ललित राजबंशी, पवन सर्राफ र बिक्रम सोबले पनि ड्राफ्टमा नाम दर्ता गराएका छन्। खेलाडी ड्राफ्टमा नाम दर्ता खेलाडीहरु मध्ये ड्राफ्ट कार्यक्रममा सहभागी ६ फ़्रेन्चाइजले चाहेका निश्चित खेलाडीहरुलाई मात्र सहभागी गराइनेछ।

नेपाली खेलाडीहरु मध्ये सन्दिपले ड्राफ्टको माथिल्लो श्रेणी प्लाटिनमको ‘गोल्ड’ श्रेणीमा नाम दर्ता गराएका छन्। प्लाटिनम श्रेणीमा पनि तिन वटा श्रेणी ‘प्लाटिनम’ , ‘डायमन्ड’ र ‘गोल्ड’ गरि तिन वटा श्रेणी हुने गर्छ। प्लाटिनम ‘गोल्ड’ श्रेणीमा सन्दिपसंगै इसुरु उडाना, जेम्स भिन्स र थिसारा परेरा रहेका छन्। गत संस्करण प्लाटिनम संस्करणको खेलाडीको मूल्य निम्नतम १ लाख ३० हजार डलर देखि १ लाख ७० हजार डलरसम्म थियो। यो संस्करण अधिकारिक रुपमा मुल्य सार्वजनिक गरिएको छैन। सन्दिपलाई कुनै टिमले लिए उनले करिब १ करोड ५६ लाख नेपाली रुपैयाँ पाउनेछन्।

यस्तै राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले ड्राफ्टको गोल्डको सिल्भर श्रेणीमा नाम दर्ता गराएका छन्। यो श्रेणीमा खेलाडीको मूल्य ४० हजार डलर अर्थात् ( करिब ४८ लाख नेपाली रुपैयाँ ) रहेको छ। अन्य नेपाली खेलाडीहरुले आफ्नो नाम सबैभन्दा तल्लो श्रेणी सिल्भर श्रेणीमा दर्ता गराएका छन्। यो श्रेणीको खेलाडीकको मुल्य १५ हजार डलर देखि २५ हजार डलर रहेको छ।

सन्दिप लामिछाने बाहेक अन्य नेपाली खेलाडीले पाकिस्तान सुपर लिग खेलेका छैनन्। यस अघि पनि लिगको ड्राफ्टमा नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराउदै आएता पनि छनोट भने हुने गरेका छैनन्। नेपाल लगायत अन्य एसोसिएट राष्ट्र ओमान, युएई, क्यानडा, स्कटल्याण्ड, हंगकंग, केन्या, नामिबिया जस्ता देशबाट समेत ड्राफ्टमा नाम दर्ता गरेका छन्।

सन् २०१९ को सिजनमा राम्रो प्रदर्शन गरेता पनि त्यसपछिको सिजनमा भने सन्दिप पीएसएल खेलेका छैनन्। गत सिजन उनले राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा पाकिस्तान पुगेर खेलनै नखेली सन्दिप घर फर्कनुपरेको थियो।

पाकिस्तान सुपर लिगको एउटा टिममा १६ देखि अधिकतम १८ खेलाडी हुनु पर्ने नियम रहेको छ। त्यस मध्ये प्लाटिनम, डायमण्ड, गोल्डबाट समान ३/३ जना, सिल्भर क्याटेगरीबाट ५ जना, २ जना इमर्जिंग क्याटेगरीबाट तथा २ जना सप्प्लिमेन्त्ट्रिबाट ( अप्सनल ) राख्नु पर्छ। सबै टिमहरुले पहिलो ९ खेलाडी छनौट गर्दा ३ जना विदेशी खेलाडी छनौट गर्नु पर्नेछ। १६ जनाको टिममा ५ जना विदेशी खेलाडी तथा ११ जना लोकल खेलाडी हुनु पर्नेछ भने १८ जनाको टिम भए ६ विदेशी र १२ लोकल खेलाडी राख्नु पर्नेछ।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]