पाकिस्तान सुपर लिग डेब्युमा सन्दिपले लिए ३ ठुलो विकेट

  • विकेटनेपाल, फाल्गुन-१०, शुक्रबार 

पाकिस्तान सुपर लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले मुल्तान सुल्तान बिरुद्ध शुक्रबार डेब्यु गरेका छन्। लाहोर कलन्दरर्सको लागि डेब्यु गर्ने क्रममा सन्दिपले ३ ठुलो विकेट आफ्नो नाम गरे पनि रन भने धेरै दिन पुगे।

खेलमा टस जितेर सन्दिपको टिम लाहोरले पहिले बलिंग गर्ने निर्णय लिएको थियो। पहिले ब्याटिंग गर्ने क्रममा मुल्तानले २० ओभरमा २०० रनको विशाल योगफल तयार गर्दै लाहोरलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुल्तानको लागि जेम्स भिन्सले ८४ रन बनाउन ४१ बलमा ७ चौका र  ६ छक्का प्रहार गरे। यस्तै उमर सिद्दिकले ५३ रन ( ३८ बलमा , ४ चौका र २ छक्का ) बनाए। लाहोरको बलिंगमा सन्दिपले सर्वाधिक ३ विकेट लिए भने शाहिन अफ्रिदी र हरिश रौफले १/१ विकेट लिए। राहत अलि र डेभिड वेस विकेट विहिन रहे।

सन्दिपको पहिलो ओभर  – १७ रन ( छक्का, डट , १ रन , १ लेग बाई, छक्का , चौका ) 

खेलको नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा जेम्स भिन्सले छक्का प्रहार गरे। त्यसपछि दोश्रो बल डट, तेश्रो बलमा १ रन र चौथो बलमा एउटा लेगबाई दिए। पाँचौ बलमा सन्दिपलाई पुनः भिन्सले डीप मिड विकेटमा छक्का प्रहार गरे भने अन्तिम बलमा समेत सन्दिपको गुग्लीलाई भिन्सले चौका हिर्काए। पहिलो ओभरमा सन्दिपले १७ रन खर्चिए।

सन्दिपको दोश्रो ओभर – १२ रन र १ विकेट ( १ रन, २ रन, १ रन, ३ रन, विकेट , डट बल ) 

१२ औं ओभरमा दोश्रो ओभर बलिंग गर्न आएका सन्दिपले पहिलो बलमा १, दोश्रो बलमा २, तेश्रो बलमा १ तथा चौथो बलमा ३ रन दिए। चौथो बलमा भने खतरनाक ब्याट्सम्यान भिन्सलाई सन्दिपले डिप-मिड विकेट बाउन्ड्री मा क्याच आउट गराउदै पहिलो विकेट दिलाए। ८४ रन बनाएका भिन्सको विकेट टिमको पहिलो विकेट थियो। ओभरमा सन्दिपले १२ रन खर्चेर १ विकेट लिए।

 सन्दिपको तेश्रो ओभर – १५ रन र १ विकेट ( छक्का, १ रन, छक्का , ,१ रन, १ रन , विकेट ) 

१४ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको पहिलो बलमा उमर सिद्दिकले र तेश्रो बलमा शोयब मलिकले छक्का प्रहार गरे। त्यसपछि ओभरको अन्तिम बलमा शोयब मलिक पुनः ठुलो सट खेल्ने चक्करमा लंग-अफमा समातिन पुगे।

सन्दिपको चौथो ओभर – ७ रन र १ विकेट ( छक्का , डट बल, विकेट , डट बल, १ रन, डट बल ) 

१६ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरे। त्यसपछि दोश्रो बलमा डट गरेका सन्दिपले तेश्रो बलमा रसेललाई आफ्नै बलमा क्याच आउट गराए। अन्य ओभर भन्दा किफायती बलिंग गरेका सन्दिपले ७ रन दिएर १ विकेट लिए।

कुल ४ ओभर बलिंग गर्दा सन्दिपले ४६ रन खर्चेर ३ विकेट लिए।

सन्दीपको स्पेल करियरकै दोश्रो सर्वाधिक महँगो   

सन्दिपले बिदेशी लिगमा बलिंग गर्दा दिएको यो दोश्रो सबैभन्दा धेरै रन हो। यस अघि उनले २०१८ जुलाईमा ग्लोबल टि-२० क्यानडामा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा वेस्ट इन्डिज ‘बि’ टिम संग ४ ओभरमा ५७ रन दिएर १ विकेट लिएका थिए। यस्तै सन्दिपले क्यारेबियन प्रिमियर लिगमा गत वर्ष अगस्टमा सेन्ट किट्सको लागि खेल्ने क्रममा बार्बाडोस बिरुद्ध ४ ओभरमा ४३ रन खर्चेर विकेट विहिन रहेका थिए।

सन्दिपले हालसम्म बिदेशी लिग खेल्ने क्रममा एकै खेलमा ३ विकेट भन्दा बढी लिन सकेका छैनन्।

पाकिस्तान सुपर लिग अन्तर्गत सन्दिपको टिम लाहोरको दोश्रो खेल शनिबार क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध रहेको छ।

बिदेशी लिगमा सन्दिपको हालसम्म प्रदर्शन :- 

हंगकंग टि-२० ब्लिट्ज २०१६ :- १ खेलमा २ विकेट , ईन्डियन प्रिमियर लिग २०१८ :- ३ खेलमा ५ विकेट ,
ग्लोबल टि-२० क्यानडा २०१८  :- ५ खेलमा ८ विकेट , क्यारेबियन प्रिमियर लिग २०१८ :- ५ खेलमा ७ विकेट ,
अफगानिस्थान प्रिमियर लिग २०१८ :- १ खेलमा २ विकेट टि-१० लिग युएई २०१८ :- ६ खेलमा ६ विकेट ,
बिग ब्यास लिग २०१८/१९  ११ विकेट, बंगलादेश प्रिमियर लिग २०१९ : ६ खेलमा ४ विकेट





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]