पीएसएल : रिजवान र मक्सुद चम्किदा मुल्तानको पहिलो जित

२०७७ फाल्गुन १४, शुक्रबार २१:५१

पाकिस्तान सुपर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मुल्तान सुल्तान्सले पहिलो जित दर्ता गर्ने क्रममा लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ। लाहोरको भने यो पहिलो हार हो।

नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा लाहोरले दिएको १५८ रनको लक्ष्य मुल्तानले १६.२ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर क्रिस लिन खाता नखोली तथा जेम्स भिन्स ५ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि कप्तान मोहम्मद रिजवान र सोहेब मक्सुदले शतकीय साझेदारी गर्दै टिमलाई जितको दिशा दिएका थिए। दुवैले ११० रनको साझेदारी गरे।

१५ औं ओभरमा आउट हुनु अघि रिजवानले ७६ रन बनाए जुन क्रममा ४९ बलमा १२ चौका प्रहार गरे। मक्सुदले अविजित ६१ रन बनाउने क्रममा ४१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

लाहोरको बलिंगमा शाहिन अफ्रिदीले २ तथा समित पटेलले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको लाहोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो।

लाहोरको लागि मोहम्मद हफिजले ३५ बलमा ३ चौका र ५ छक्का मद्दतले सर्वाधिक ६० रन बनाए। जो डेनलिले ३१ तथा समित पटेलले २६ रन बनाए। फखर जमान ९ तथा सोहेल अख्तर ७ रन बनाएर आउट भएपछि हफिजले तेश्रो विकेटको लागि डेनलिसंग ८९ रनको साझेदारी गरेका थिए।

मुल्तानको बलिंगमा शाहनवाज धानी र कार्लोस ब्राथवेटए समान २ विकेट तथा उस्मान कादिरले १ विकेट लिए।

जितपछि लिग अंकतालिकामा मुल्तान ३ खेलमा १ जित र २ हार पछि चौथो स्थानमा उक्लेको छ। समान खेलमा २ जित र १ हार बेहोरेको लाहोर दोश्रो स्थानमा छ। खेलेको दुवै खेल जित्दै ४ अंक बटुलेको इश्लामावाद नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा रहेको छ।

https://www.youtube.com/watch?v=H_QuS0iqHPU&t=23s

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy