पीएसएल : इक्बाल चम्किदा कराचीको विजयी सुरुवात

पाकिस्तान सुपर लिगको छैठौं संस्करण पाकिस्तानको कराचीमा शनिवार सुरु भएको छ।

लिग अन्तर्गत शनिवार राति सम्पन्न उद्घाटन खेलमा इमाद वासिम कप्तानीको कराची किंग्सले सरफराज एहमद कप्तानीको क्वेटा ग्ल्याडीएटर्सलाई ७ विकेटले सहजै पराजित गर्यो।

नेसनल स्टेडियममा सम्पन्न खेलमा क्वेटाले दिएको १२२ रनको लक्ष्य कराचीले १३.५ ओभरमा ३ विकेट क्षेतीमा पुरा गर्यो। कराचीको लागि इंग्ल्यान्ड ब्याट्सम्यान जोए क्लार्कले सर्वाधिक ४६ रन बनाए जुन क्रममा २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। मोहम्मद नाबीले १४ बलमा अविजित ३० रन तथा बाबर आजमले २० बलमा २४ रन बनाए। क्वेटाका बलर मोहम्मद हसनैनले २ तथा उस्मान शिन्वारीले १ विकेट लिए।

यस अघि टस हरेर ब्याटिंग गरेको क्वेटाले १८.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। उसको लागि क्रिस गेलले सर्वाधिक ३९ रन योगदान दिए जसले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आजम खानले १७ , कैस एहमदले १६ तथा बेन कटिंगले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कराचीको बलिंगमा पेसर अर्शद इक्बालले सर्वाधिक ३ विकेट लिए

कराचीको बलिंगमा पेसर अर्शद इक्बालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १६ रन खर्चिए। वकास मक्सुदले २ तथा इमाद वासिम, मोहम्मद आमिर, आमिर यामिन र ड्यानियल क्रिस्टीएनले समान १ विकेट लिए।

लिग अन्तर्गत आइतबार दुई वटा खेलहरु हुनेछन्। नेपाली समय दिउसो २:४५ बजे लाहोर कलन्दर्स र पेशावर जाल्मीले तथा राति ७:४५ बजे इश्लामाबाद युनाइटेड र मुल्तान सुल्तानले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा कराची किंग्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, लाहोर कलंदर्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ वटा टिम सहभागी रहेका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/gambhir-on-sandeep-ipl-mini-auc-wn21/

https://wicketnepal.com/ip-auc-kun-team-bideshi-kheladi-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy