पाकिस्तान सुपर लिग ड्राफ्ट आज, ११ नेपाली खेलाडीहरुको मूल्य कति ?

आगामी वर्ष जनवरी २७ तारिखबाट सुरु हुने पाकिस्तान सुपर लिगको सातौं संस्करणको प्लेयर ड्राफ्ट आज आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी ६ वटा टिमहरुले आज ड्राफ्ट मार्फत बिभिन्न श्रेणीमा रहेका खेलाडीहरु चयन गर्नेछन्।

पाकिस्तानको लाहोर स्थित नेसनल हाई परफरमेन्स सेन्टरमा ३:४५ बजे दिउँसो सुरु हुने ड्राफ्टमा ३२ देशका ४२५ जना खेलाडीहरु सहभागी छन्। यस्तै ४९५ जना स्थानीय पाकिस्तानी खेलाडी ड्राफ्टमा सहभागी छन्। प्रत्येक फ़्रेन्चाइजले टिममा अधिकतम १८ जना खेलाडीहरु जसमा ३ जना प्लाटिनम, डायमन्ड र गोल्ड क्याटेगरीमा तथा ५ जना सिभर र २ जना इमर्जिंग तथा २ जना सप्लीमेन्ट्रि क्याटेगरीमा खेलाडी लिन पाउनेछन्।

ड्राफ्टमा नेपालबाट लेग स्पिनर सन्दिप लामिछाने सहित ११ जना नेपाली खेलाडीले ड्राफ्टमा नाम दर्ता गराएका छन्। राष्ट्रिय क्रिकेट टिमका अन्य खेलाडीहरु बिनोद भण्डारी, सुबास खकुरेल, शारद भेसावकर, सोमपाल कामि, बसन्त रेग्मी, सुशन भारि, शाहब आलम, ललित राजबंशी, पवन सर्राफ र बिक्रम सोबले पनि ड्राफ्टमा नाम दर्ता गराएका छन्। खेलाडी ड्राफ्टमा नाम दर्ता खेलाडीहरु मध्ये ड्राफ्ट कार्यक्रममा सहभागी ६ फ़्रेन्चाइजले चाहेका निश्चित खेलाडीहरुलाई मात्र सहभागी गराइनेछ।

नेपाली खेलाडीहरु मध्ये सन्दिपले ड्राफ्टको माथिल्लो श्रेणी प्लाटिनमको ‘गोल्ड’ श्रेणीमा नाम दर्ता गराएका छन्। प्लाटिनम श्रेणीमा पनि तिन वटा श्रेणी ‘प्लाटिनम’ , ‘डायमन्ड’ र ‘गोल्ड’ गरि तिन वटा श्रेणी हुने गर्छ। प्लाटिनम ‘गोल्ड’ श्रेणीमा सन्दिपसंगै इसुरु उडाना, जेम्स भिन्स र थिसारा परेरा रहेका छन्। गत संस्करण प्लाटिनम संस्करणको खेलाडीको मूल्य निम्नतम १ लाख ३० हजार डलर देखि १ लाख ७० हजार डलरसम्म थियो। यो संस्करण अधिकारिक रुपमा मुल्य सार्वजनिक गरिएको छैन। सन्दिपलाई कुनै टिमले लिए उनले करिब १ करोड ५६ लाख नेपाली रुपैयाँ पाउनेछन्।

यस्तै राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले ड्राफ्टको गोल्डको सिल्भर श्रेणीमा नाम दर्ता गराएका छन्। यो श्रेणीमा खेलाडीको मूल्य ४० हजार डलर अर्थात् ( करिब ४८ लाख नेपाली रुपैयाँ ) रहेको छ। अन्य नेपाली खेलाडीहरुले आफ्नो नाम सबैभन्दा तल्लो श्रेणी सिल्भर श्रेणीमा दर्ता गराएका छन्। यो श्रेणीको खेलाडीकको मुल्य १५ हजार डलर देखि २५ हजार डलर रहेको छ।

सन्दिप लामिछाने बाहेक अन्य नेपाली खेलाडीले पाकिस्तान सुपर लिग खेलेका छैनन्। यस अघि पनि लिगको ड्राफ्टमा नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराउदै आएता पनि छनोट भने हुने गरेका छैनन्। नेपाल लगायत अन्य एसोसिएट राष्ट्र ओमान, युएई, क्यानडा, स्कटल्याण्ड, हंगकंग, केन्या, नामिबिया जस्ता देशबाट समेत ड्राफ्टमा नाम दर्ता गरेका छन्।

सन् २०१९ को सिजनमा राम्रो प्रदर्शन गरेता पनि त्यसपछिको सिजनमा भने सन्दिप पीएसएल खेलेका छैनन्। गत सिजन उनले राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा पाकिस्तान पुगेर खेलनै नखेली सन्दिप घर फर्कनुपरेको थियो।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]