PSL DRAFT : छनोट भएनन् सन्दिप लगायत नेपाली खेलाडीहरु

पाकिस्तान सुपर लिग २०२२ को ड्राफ्टमा नाम दर्ता गराएका ११ नेपाली खेलाडीहरु छनोट हुन असफल भएका छन्।

स्टार लेग स्पिनर सन्दिप लामिछाने सहित बिनोद भण्डारी, सुबास खकुरेल, शारद भेसावकर, सोमपाल कामि, बसन्त रेग्मी, सुशन भारि, शाहब आलम, ललित राजबंशी, पवन सर्राफ र बिक्रम सोबले पनि ड्राफ्टमा नाम दर्ता गराएका थिए।

अन्य खेलाडी बिक्रि हुने अपेक्षा गरिएता पनि सन्दिप लामिछाने छनोटमा पर्ने अनुमान गरिएको थियो। गत सिजन जस्तै सन्दिप यसपटक पनि पीएसएल टिमको रोजाईमा परेनन्। सन्दिपले लिगको प्लाटिनम ‘गोल्ड’ श्रेणीमा नाम दर्ता गराएका थिए जसको मूल्य १ लाख ३० हजार डलर थियो।

सन् २०१९ को सिजनमा राम्रो प्रदर्शन गरेता पनि त्यसपछिको सिजनमा भने सन्दिप पीएसएल खेलेका छैनन्। गत सिजन उनले लाहोर कलन्दर्सका लेग स्पिनर राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा पाकिस्तान पुगेर खेलनै नखेली सन्दिप घर फर्कनुपरेको थियो। रासिदलाई लाहोरले रिटेन गरको छ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]