PSL DRAFT : छनोट भएनन् सन्दिप लगायत नेपाली खेलाडीहरु

पाकिस्तान सुपर लिग २०२२ को ड्राफ्टमा नाम दर्ता गराएका ११ नेपाली खेलाडीहरु छनोट हुन असफल भएका छन्।

स्टार लेग स्पिनर सन्दिप लामिछाने सहित बिनोद भण्डारी, सुबास खकुरेल, शारद भेसावकर, सोमपाल कामि, बसन्त रेग्मी, सुशन भारि, शाहब आलम, ललित राजबंशी, पवन सर्राफ र बिक्रम सोबले पनि ड्राफ्टमा नाम दर्ता गराएका थिए।

अन्य खेलाडी बिक्रि हुने अपेक्षा गरिएता पनि सन्दिप लामिछाने छनोटमा पर्ने अनुमान गरिएको थियो। गत सिजन जस्तै सन्दिप यसपटक पनि पीएसएल टिमको रोजाईमा परेनन्। सन्दिपले लिगको प्लाटिनम ‘गोल्ड’ श्रेणीमा नाम दर्ता गराएका थिए जसको मूल्य १ लाख ३० हजार डलर थियो।

सन् २०१९ को सिजनमा राम्रो प्रदर्शन गरेता पनि त्यसपछिको सिजनमा भने सन्दिप पीएसएल खेलेका छैनन्। गत सिजन उनले लाहोर कलन्दर्सका लेग स्पिनर राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुँदा पाकिस्तान पुगेर खेलनै नखेली सन्दिप घर फर्कनुपरेको थियो। रासिदलाई लाहोरले रिटेन गरको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy