पीएसएल : खेलाडीलाई कोरोना देखिएपछि इश्लामावाद र क्वेटा बीचको खेल स्थगित

पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्ल्याडीएटर्स र इश्लामावाद युनाइटेड बीच सोमबार रातिको खेल १ दिन सारिएको छ।

इश्लामावाद युनाइटेडका अस्ट्रेलियन लेग स्पिनर कोरोना संक्रमित भएपछि खेल हुन नसकेको हो। आजको सट्टा खेल भोलि मंगलबार राति ७:४५ बजे खेलिनेछ। आज ७:४५ बजे सुरु हुनु पर्ने सुरुवातमा ९ बजे राति सारिएको थियो तर उक्त समयमा पनि खेल सुरु नगर्दै भोलिपल्टको लागि सारिएको हो।

२ दिन अघि फवाद एहमदलाई कोरोनाको लक्षणहरु देखा परेपछि उनि तुरुन्त आइसोलेसनमा बसेका थिए। इश्लामावादले प्रेस बिज्ञप्ति जारि गर्दै इश्लामावाद र क्वेटा ग्ल्याडीएटर्सका अन्य खेलाडीहरुको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ।


“अन्य खेलाडीहरुलाई खेलको तयारी गर्न पर्याप्त समय दिन खेल १ दिन सारिएको हो। आजको लागि काटिएको टिकटले भोलि पनि मान्यता पाउनेछ।” पाकिस्तान क्रिकेट बोर्डले बिज्ञप्तिमा बताएको छ।

सन्दिपको क्वारेन्टाइन अवधि मंगलबार सकिने 

पाकिस्तान सुपर लिग खेल्न शनिवार कराची पुगेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल क्वारेन्टाइनमा बसीरहेका छन्। लाहोर कलन्दर्समा आवद्ध सन्दिप टिमले बिहिबार खेल्ने इश्लामावाद युनाइटेड बिरुद्धको खेलको लागि उपलब्ध हुनेछन्। सन्दिप ३ दिन क्वारेन्टाइन बस्नेछन् जुन दौरान २ पटक उनको कोरोना रिपोर्ट नेगेटिभ आएमा उनि टिमसंग जोडिनेछन्। मंगलबार उनको क्वारेन्टाइन अवधि सकिनेछ। सन्दिपलाई मङ्सिरमा कोरोना संक्रमण देखिएको थियो जसबाट उनि मुक्त भएपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया पुगेका थिए।

सन्दिपलाई लाहोरले अफगानिस्तानका लेग स्पिनर राशिद खानको प्रतिस्थापनमा टिममा भित्र्याएको हो। राशिद २ खेल खेलेपछि अफगानिस्तानको लागि खेल्न स्वदेश प्रस्थान गरेका थिए।

https://www.youtube.com/watch?v=R8cru6eUewo

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy