शाहिन अफ्रिदीले उत्कृस्ट बलिंग गर्दा पाकिस्तान सुपर लिग टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न पहिलो खेलमा पेशावर जाल्मीलाई ४ विकेटले पराजित गर्दै लाहोर कलन्दर्सले विजयी सुरुवात गरेको छ।
नेसनल स्टेडियम, कराचीमा सम्पन्न खेलमा पेशावरले दिएको १४१ रनको लक्ष्य लाहोरले ६ विकेट क्षेतीमा ९ बल बाँकी रहँदै पुरा गर्यो।
लाहोरको जितमा मोहम्मद हफिजले सर्वाधिक ३३ रन ( २६ बलमा ५ चौका ) तथा राशिद खानले अविजित २७ रन ( १५ बलमा ३ चौका र १ छक्का ) योगदान दिए। बेन डंकले २२, अघा सलमानले २१, फखर जमानले १५ तथा कप्तान सोहेल अख्तरले १४ रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा १०९ रन जोड्दा ६ विकेट गुमाएको अवस्थामा चौथो नम्बरमा ब्याटिंग गरेका हफिजले आठौँ नम्बरमा आएका राशिदसंग ३४ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए।
पेशावरको बलिंगमा कप्तान वहाब रियाज र सकिब महमुदले समान २ विकेट तथा मुजिब उर् रहमान र अमाद बटले समान १ विकेट लिए।
SO STYLISH by @rashidkhan_19! #MatchDikhao l #HBLPSL6 I #LQvPZ pic.twitter.com/Iq1HIxCxaN
— PakistanSuperLeague (@thePSLt20) February 21, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको पेशावरले निर्धारित २० ओभर ब्याटिंग गर्दै १४० रन बनाएको थियो। उसको लागि रभी बोपराले ४४ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५० रन योगदान दिएका थिए। यस्तै शर्फेन रुथरफोर्ड र शोयब मलिकले समान २६ तथा अमाद बटले अविजित २३ रन योगदान दिए। ४६ रनमा ४ विकेट गुमाएको अवस्थामा बोपराले रुथरफोर्डसंग ६४ रनको साझेदारी गरेका थिए।
लाहोरको बलिंगमा ओपनिंग पेसर शाहिन अफ्रिदीले ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १ मेडन गर्दै मात्र १४ रन खर्चिए। सलमान मिर्जाले २ तथा डेभिड वेसले १ विकेट लिए। राशिद खान विकेटविहिन रहेता पनि ४ ओभर बलिंग गर्दा मात्र १४ रन खर्चिए।
लिगमा कराची किंग्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, लाहोर कलंदर्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ वटा टिम सहभागी रहेका छन्।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/ind-team-vs-eng-t20-wn21/