PSL : मिलर, पावेल र अकमल चम्किदा पेशावरको विशाल योगफल

युएईमा जारि पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको पेशावरले निर्धारित २० ओभरमा ५ विके गुमाएर १९७ रन बनाउदै १९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

पेशावरको सुरुवात खराब रह्यो। ओपनर हैदर अलि खाता नखोली तथा शोयब मालिक मात्र २ रन बनाएर मोहमम्द नवाजबाट आउट भए। १०/२ को अवस्थाबाट ओपनर कमरान अकमल र डेभिड मिलरले शतकीय साझेदारी गरे।


१५ औं ओभरमा मोहम्मद हसनेनबाट एलबिडब्लु हुनु अघि अकमलले ३७ बलमा ६ चौका र २ छक्का मद्दतले ५९ रन बनाए। मिलर १७ औं ओभरमा कुर्रम शहजादबाट बोल्ड भए जस अघि उनले ४६ बलमा ६ चौका र ४ छक्का मद्दतले ७३ रन बनाए। मिलरले सामना गरेको पहिलो १९ बलमा मात्र ९ रन बनाएका थिए जसपछि गेर परिवर्तन गर्दै थप १७ बलमा अर्धशतक पुरा गरेका थिए।

अकमल र मिलरको विकेटपछि पाँचौ विकेटको लागि रोभम्यान पावेल र शरफेन रुथरफोर्डले ३४ रनको साझेदारी गरे। रुथरफोर्डले १० रन बनाए भने पावेल ४३ रनमा अविजित रहे। पावेलले मात्र १९ बलमा ५ छक्का र १ चौका मद्दतले ४३ रन बनाए।

इनिंग्सको अन्तिम ५ ओभरमा पेशावरले २ विकेट गुमाएर ५७ रन बनाउन सक्यो।

क्वेटाको बलिंगमा मोहम्मद नवाजले २ विकेट ( ४-०-३३-२ ) लिए भने मोहम्मद हसनेन ( ४-०-३०-१ ) र कुर्रम शाहजादले ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।

लिग अंकतालिकामा क्वेटा ६ खेलमा १ जित र ५ हार बेहोर्दै २ अंक सहित छैठौं स्थानमा रहेको छ भने ६ खेलमा ३ जित र ३ हार बेहोर्दै ६ अंक बटुलेको पेशावर चौथो स्थानमा रहेको छ। आज जित हात परे पेशावरले दोश्रो स्थानमा रहेको इस्लामावादसंग अंक बराबरी गर्नेछ भने क्वेटा विजयी भए पाँचौ स्थानमा रहेको मुल्तानसंग अंक बराबरी गर्नेछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]