PSL : मिलर, पावेल र अकमल चम्किदा पेशावरको विशाल योगफल

युएईमा जारि पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको पेशावरले निर्धारित २० ओभरमा ५ विके गुमाएर १९७ रन बनाउदै १९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

पेशावरको सुरुवात खराब रह्यो। ओपनर हैदर अलि खाता नखोली तथा शोयब मालिक मात्र २ रन बनाएर मोहमम्द नवाजबाट आउट भए। १०/२ को अवस्थाबाट ओपनर कमरान अकमल र डेभिड मिलरले शतकीय साझेदारी गरे।


१५ औं ओभरमा मोहम्मद हसनेनबाट एलबिडब्लु हुनु अघि अकमलले ३७ बलमा ६ चौका र २ छक्का मद्दतले ५९ रन बनाए। मिलर १७ औं ओभरमा कुर्रम शहजादबाट बोल्ड भए जस अघि उनले ४६ बलमा ६ चौका र ४ छक्का मद्दतले ७३ रन बनाए। मिलरले सामना गरेको पहिलो १९ बलमा मात्र ९ रन बनाएका थिए जसपछि गेर परिवर्तन गर्दै थप १७ बलमा अर्धशतक पुरा गरेका थिए।

अकमल र मिलरको विकेटपछि पाँचौ विकेटको लागि रोभम्यान पावेल र शरफेन रुथरफोर्डले ३४ रनको साझेदारी गरे। रुथरफोर्डले १० रन बनाए भने पावेल ४३ रनमा अविजित रहे। पावेलले मात्र १९ बलमा ५ छक्का र १ चौका मद्दतले ४३ रन बनाए।

इनिंग्सको अन्तिम ५ ओभरमा पेशावरले २ विकेट गुमाएर ५७ रन बनाउन सक्यो।

क्वेटाको बलिंगमा मोहम्मद नवाजले २ विकेट ( ४-०-३३-२ ) लिए भने मोहम्मद हसनेन ( ४-०-३०-१ ) र कुर्रम शाहजादले ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।

लिग अंकतालिकामा क्वेटा ६ खेलमा १ जित र ५ हार बेहोर्दै २ अंक सहित छैठौं स्थानमा रहेको छ भने ६ खेलमा ३ जित र ३ हार बेहोर्दै ६ अंक बटुलेको पेशावर चौथो स्थानमा रहेको छ। आज जित हात परे पेशावरले दोश्रो स्थानमा रहेको इस्लामावादसंग अंक बराबरी गर्नेछ भने क्वेटा विजयी भए पाँचौ स्थानमा रहेको मुल्तानसंग अंक बराबरी गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy