पेशावरलाई हराउदै मुल्तानलाई पीएसएल उपाधि, जान्नुस कति पायो पुरस्कार रकम

पेशावर जाल्मीलाई ४७ रनले पराजित गर्दै मुल्तान सुल्तान्सले पहिलो पटक पाकिस्तान सुपर लिगको उपाधि जितेको छ। मुल्तानले इतिहासमै पहिलो पटक लिगको फाइनल यात्रा गरेको थियो। मुल्तानले पहिलो क्वालीफायरमा इस्लामावादलाई पराजित गर्दै तथा पेशावरले दोश्रो इलिमीनेटरमा इश्लामावादलाईनै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

पेशावर भने पुनः अर्को पटक फाइनल पुगेर उपाधि जित्न चुक्न पुगेको छ। यस अघि २०१७ को सिजन उपाधि जितेको पेशावर २०१८ र २०१९ को सिजन फाइनलमा पराजित हुन पुगेको थियो।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न फाइनलमा मुल्तानले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पेशावरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। उसको लागि शोयब मलिकले सर्वाधिक ४८ रन, कमरान अकमलले ३६ रन, रोभम्यान पावेलले २३ रन तथा शर्फेन रुथरफोर्डले १८ रन योगदान दिए। लयमा रहेका ओपनर हज्रतुल्लाह जजाईले मात्र ६ रन बनाउन सके।

लक्ष्य पछ्याउने क्रममा १४ ओभरमा १२४/३ को अवस्थामा रहेको पेशावरले त्यसपछि लगत्तै ओभरमा रोभम्यान पावेल र शोयब मलिकको विकेट गुमाउन पुग्यो। २८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै खतरनाक देखिएका मलिकलाई १६ औं ओभरमा सोहेल तन्भिरले क्याच आउट गराए।

१७ औं ओभरमा इमरान ताहिरले तिन विकेट लिंदा पेशावरको इनिंग्स धरासायी बन्न पुग्यो र खेलमा फर्कन सकेन। फलस्वरुप मलिकको विकेट जानु अघि १३७/४ को अवस्थाबाट थप २२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

१७ औं ओभरमा इमरान ताहिरले तिन विकेट लिंदा पेशावरको इनिंग्स धरासायी बन्न पुग्यो

मुल्तानको बलिंगमा इमरान ताहिरले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) ताता इमरान खान ( ४-१-२७-२ ) र ब्लेसिंग मुजाराबानिले ( ४-०-२६-२ ) लिए। सोहेल तन्भिरले १ विकेट ( ४-०-३५-१ ) लिए।

पेशावरको इनिंग्स, मक्सुद र रोस्योको आक्रामक ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा २०६ रन बनाएको थियो।

मुल्तान ओपनर शान मसुद र मोहम्मद रिजवानले ६८ रनको ओपनिंग साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। ३७ रन बनाएका मसुद र ३० रन बनाएका रिजवानलाई नवौं र एघारौँ ओभरमा मोहम्मद इमरानले पेभेलियन फर्काए।

तेश्रो विकेटको लागि सोहेब मक्सुद र राइलो रोस्सो आक्रामक ब्याटिंग गर्दै ९८ रनको उत्कृस्ट साझेदारी गरे। १९ औं ओभरमा समिन गुलबाट क्याच आउट हुनु अघि रोस्सोले मात्र २१ बलमा ५ चौका र ३ छक्का मद्दतले ५० रन बनाए।

प्लेयर अफ द म्याच समेत चुनिएका सोहेब मक्सुदले अन्तिमसम्म ब्याटिंग गर्दै अविजित ६५ रन बनाए जुन क्रममा ३५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अन्तिममा आक्रामक सट खेलेका खुस्दिल शाहले ५ बलमा २ छक्का प्रहार गर्दै अविजित १५ रन बनाए।

पेशावरको बलिंगमा समिन गुल ( ४-०-२६-२ ) र मोहम्मद इमरान ( ४-०-४७-२ ) ले समान २ विकेट लिए।

प्लेयर अफ द सिरिज सोहेब मक्सुद

कति जित्यो पुरस्कार रकम 

पाकिस्तान सुपर लिगको उपाधि जितेको मुल्तानले ५ लाख ५ हजार अमेरिकी डलर अर्थात् झन्डै ६ करोड नेपाली रुपैयाँ पुरस्कार पायो। यस्तै उपविजेता पेशावरले त्यसको आधा २ लाख २५ हजार डलर अर्थात् झन्डै ३ करोड नेपाली रुपैयाँ पायो। दोश्रो इलिमीनेटरमा पराजित भएको इश्लामावादले ८५ हजार डलर ( झन्डै १ करोड रुपैयाँ ) तथा पहिलो इलिमीनेटरमा पराजित भएको कराचीले ५० हजार डलर ( झन्डै ६० लाख रुपैयाँ ) प्राप्त गर्यो।

फाइनल खेलको प्लेयर अफ द म्याच चुनिएका सोहेब मक्सुदले ५ हजार डलर प्राप्त गरे। मक्सुदनै प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिए जसले ८० हजार डलर प्राप्त गरे। उनले १२ खेलमा ४७.५६ को औशत र १५६.७८ को स्ट्राइक रेटमा ५ अर्धशतक मद्दतले ४२८ रन बनाए।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]