पीएसएल : सरफराज कप्तानीको क्वेटाको लगातार चौथो हार

२०७७ फाल्गुन १९, बुधबार १०:१४

पाकिस्तान सुपर लिग अन्तर्गत बुधबार राति सम्पन्न लिगको १२ औं खेलमा शदाब खान कप्तानीको इश्लामावाद युनाइटेडले सरफराज एहमद कप्तानीको क्वेटा ग्ल्याडीएटर्सलाई ६ विकेटले पराजित गरेको छ।

लिगमा क्वेटाको यो लगातार चौथो हार हो। हारपछि क्वेटा अंकतालिकाको पुछारमा कायमै रहेको छ। ४ खेल खेल्दा १ हार र तेश्रो जितपछि इश्लामावाद भने तेश्रो स्थानमा उक्लेको छ। समान ६ अंकरहेको पेशावर पहिलो र लाहोर तेश्रो स्थानमा रहेको छ।

क्वेटाले दिएको १५७ रनको लक्ष्य इश्लामावादले ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो। उसको लागि पल स्टरलिंगले सर्वाधिक ५६ रन योगदान दिए जुन क्रममा ३३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहेल नाजिरले ३४, एलेक्स हेल्सले २३, शदाब खानले २१ तथा असिफ अलिले १६ रन बनाए।

पल स्टरलिंगले २२ बलमा अर्धशतक बनाए

स्टरलिंगले पहिलो विकेटको लागि हेल्ससंग ५.५ ओभरमा ७६ रनको उत्कृस्ट साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। आईरिस ब्याट्सम्यान स्टरलिंगले २२ बलमा अर्धशतक बनाएका थिए।

क्वेटाको बलिंगमा जाहिद मोहम्मदले २ तथा डेल स्टेन र मोहम्मद हसनैनले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको क्वेटाले २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनाएको थियो। उसको लागि कटान सरफराज खानले सर्व्धिक ५४ रन बनाए जुन क्रममा ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। मोहम्मद नवाजले अविजित ३१, बेन कटिंगले २३ तथा फाफ डु प्लेसीले १७ रन योगदान दिए।

४१ रनमा ४ विकेट गुमाएपछि कप्तान सरफराजले बेन कटिंगसंग ३० रनको तथा मोहम्मद नवाजसंग ६३ रनको साझेदारी गरेका थिए।

इश्लामावादको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते पेसर फहीम अश्रफले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ११ रन खर्चिए। हसन अलिले २ तथा शदाब खानले १ विकेट लिए।

फहीम अश्रफले ११ रन खर्चेर ३ विकेट लिए

लिग अन्तर्गत बुधबार दुई वटा खेलहरु हुनेछन्। पहिलो खेल २:४५ बजे दिउसो कराची किंग्स र पेशावर जाल्मी बीच तथा दोश्रो खेल राति ७:४५ बजे क्वेटा ग्ल्याडीएटर्स र मुल्तान सुल्तान्स बीच खेलिनेछ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम लाहोर कलन्दर्सले आगामी खेल बिहिबार इश्लामावाद युनाइटेड बिरुद्ध खेल्नेछ। खेल ७:४५ बजे राति सुरु हुनेछ। सन्दिपको क्वारेन्टाइन अवधि सकिएकोले उनि यस खेलको लागि उपलब्ध हुनेछन्। सन्दिपलाई राशिद खानको प्रतिस्थापनमा टिममा आवद्ध गरिएको हो।

सबै खेलमा दोश्रो ब्याटिंग गर्ने टिम विजयी 

पाकिस्तान सुपर लिगको हालसम्म सम्पन्न भएका १२ वटै खेलमा लक्ष्य पछ्याउने टिम विजयी भएको छ। टस जितेर फिल्डिंग रोज्ने र जित दर्ता गर्ने क्रमले निरन्तरता पाएको छ। यस क्रममा ३ वटा खेलमा १९० भन्दा माथिको लक्ष्य समेत पछ्याउन सफल भएका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-14-chennai-le-practice-suru-garne-wn21/

https://wicketnepal.com/kathmandu-mayor-cup-kheltalika-wn21/

https://www.youtube.com/watch?v=9M-8Poxkajs

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy