पछिलो केहि दिन देखि कोभीड-१९ को बढ्दो पोजेटिभ केसहरुका कारण पाकिस्तानको कराचीमा जारी पाकिस्तान सुपर लिग २०२१ तत्काल लागु हुने गरि स्थगित गरिएको छ। टिम मालिकहरुसंग पीएसएल आयोजकको बिहिबार छलफल पछि प्रतियोगिता तत्कालको लागि स्थगित गर्ने घोषणा गरिएको हो।
“फेब्रुअरी २० तारिख पछि प्रतियोगिताको दौरान ७ जना खेलाडीमा कोभीड-१९ केसहरु देखिएपछि हामी यो निर्णय लिन बाध्य भएका हौँ।” पाकिस्तान क्रिकेट बोर्डले प्रेस बिज्ञप्ति जारि गर्दै बताएको छ। लिगको हालसम्म ३४ मध्ये १४ वटा खेलहरु सकिएको छ। प्रतियोगिता अब पुनः कहिले सुरु गर्ने घोषणा भएको छैन।
“पाकिस्तान क्रिकेट बोर्डले सम्पूर्ण सहभागीहरुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिएको हो। सबै टिमका खेलाडीहरुको पुनः पीसीआर टेस्ट गरेर भ्याक्सिन र आइसोलेसन सुविधा दोहोर्याउने व्यवस्था गर्नेछौँ।”
📢 HBL PSL 6 POSTPONED
PCB Chief Executive Wasim Khan, Director – Commercial and Babar Hamid, will hold a media conference at the National Stadium at 3pm to provide further updates.
Read more:https://t.co/GM68WWmnT8
— PakistanSuperLeague (@thePSLt20) March 4, 2021
आयोजक कमिटिले तिन वटा कोरोना केसहरु देखिएपछि आकस्मिक बैठक बोलाएको थियो। क्वेटा ग्ल्याडीएटर्सका ब्याट्सम्यान टम ब्यान्टन, कराची किंग्सका प्रशिक्षक कमरान खानलाई कोरोना देखिएको थियो। पीएसएलको दौरान सबै भन्दा पहिले क्वेटाका अस्ट्रेलियन खेलाडी फवाद एहमदलाई कोरोना पोजेटिभ देखिएको थियो जसपछि क्वेटा र इश्लामावादको खेल १ दिन सारिएको थियो।
पाकिस्तान सुपर लिगको यस अघिको संस्करण कोरोनाको कारण सरेको थियो। प्लेअफ खेलहरु बाँकी रहंदा कोरोनाको कारण प्रतियोगिता सारेर गत वर्ष नोभेम्बरमा पुनः लिगको बाँकी खेलहरु आयोजना गरिएको थियो।
सन्दिप लामिछानेले एक खेल पनि खेल्न पाएनन्
लाहोर कलन्दर्सका लेग स्पिनर राशिद खानको प्रतिस्थापनमा प्रतियोगिता खेल्न पाकिस्तान पुगेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार ३ दिने क्वारेन्टाइन अवधि तथा २ वटा कोभिड-१९ टेस्ट नेगेटिभ आएपछि टिमसंग अभ्यासमा जोडिएका थिए। तर पीएसएल अनिश्चितकालको लागि स्थगित हुँदा नेपाली स्पिनर सन्दिप लामिछाने अब घर फर्कनु पर्नेछ। बिहिबार राति लाहोरले इस्लामावादसंग खेल्ने तालिका रहेको थियो।
सन्दिप घर फर्किने हुँदा फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने मेयर कप एकदिवसीय प्रतियोगिता खेल्ने सम्भावना बढेको छ। सन्दिप काठमाडौँ मेयर-११ टिमबाट खेल्ने सम्भावना प्रवल रहेको छ। तथापी काठमाडौँ मेयर-११ ले घोषित गरेको १५ सदस्यीय टिममा भने सन्दिपको नाम रहेको छैन। उनि नेपाल फर्कने भए उनलाई क्यानले पुनः टिममा समाबेश गर्न सक्नेछ।
धेरैले पढेको
https://wicketnepal.com/polard-6-ball-6-t20-i-wn21/
https://wicketnepal.com/ipl-14-chennai-le-practice-suru-garne-wn21/
https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/