PSL FINAL : मुल्तानद्वारा पेसावरलाई विसाल लक्ष्य, मक्सुद र रोस्योको आक्रामक इनिंग्स

पाकिस्तान सुपर लिगको उपाधि जित्न मुल्तान सुल्तान्सले पेशावर जाल्मीलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा जारी फाइनलमा टस हारेर ब्याटिंग गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा २०६ रन बनाउदै उपाधि जित्न पेशावरलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको हो।

मुल्तान ओपनर शान मसुद र मोहम्मद रिजवानले ६८ रनको ओपनिंग साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। ३७ रन बनाएका मसुद र ३० रन बनाएका रिजवानलाई नवौं र एघारौँ ओभरमा मोहम्मद इमरानले पेभेलियन फर्काए।

सोहेब मक्सुद र राइलो रोस्सो आक्रामक ब्याटिंग गर्दै ९८ रनको उत्कृस्ट साझेदारी गरे।

तेश्रो विकेटको लागि सोहेब मक्सुद र राइलो रोस्सो आक्रामक ब्याटिंग गर्दै ९८ रनको उत्कृस्ट साझेदारी गरे। १९ औं ओभरमा समिन गुलबाट क्याच आउट हुनु अघि रोस्सोले मात्र २१ बलमा ५ चौका र ३ छक्का मद्दतले ५० रन बनाए।

सोहेब मक्सुदले अन्तिमसम्म ब्याटिंग गर्दै अविजित ६५ रन बनाए जुन क्रममा ३५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अन्तिममा आक्रामक सट खेलेका खुस्दिल शाहले ५ बलमा २ छक्का प्रहार गर्दै अविजित १५ रन बनाए।

पेशावरको बलिंगमा समिन गुल ( ४-०-२६-२ ) र मोहम्मद इमरान ( ४-०-४७-२ ) ले समान २ विकेट लिए। कप्तान वहाव रियाज ( ४-०-५२-० ), मोहम्मद इरफान ( ४-०-२७-० ) र अमद बट ( ४-०-५२-० ) विकेटविहिन रहे।

मुल्तानले पहिलो क्वालीफायरमा इस्लामावादलाई ३१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पेशावरले दोश्रो इलिमीनेटरमा इश्लामावादलाईनै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy