प्रदेशस्तरीय टी–२० क्रिकेटमा विराटनगरको कोसी र इटहरीको नमुना कलेज विजयी

विराटनगरको कोसी क्याम्पसले इटहरीमा जारी प्रदेशस्तरीय दोस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी आदर्श जायन्ट्सको आयोजनामा सोमबार देखी सुरु प्रतियोगिताको उद्घाटन खेलमा दमकको आस्था कलेजमाथि २६ रनको जीत निकाल्दै कोसीले विजयी सुरुवात गरेको हो ।

इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोसीले खराब मौसमका कारण १६ ओभरमा छोट्टाइएको खेलमा ८ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल जोडेको थियो । कोशीका लागि सुभम बरालले सर्वाधिक ३५ रन बनाउँदा गोपाल मण्डलले २७ र जेम्स विकले १७ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले दुई विकेट लिए । आस्थाले सुरुवाती दोस्रो ओभरसम्म खराब बलिङ गरेपछि कोसीले दुई ओभरमै ४४ रन जोडेको थियो ।

१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको आस्थाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो । आस्थाका लागि संगम बुढाथोकीले ३० रन बनाउँदा हिमांशु गिरीले १८ र सौजन घिमिरेले १५ रन जोडे । खेलको म्यान अफ द म्याच कोशीका गोपाल मण्डल घोषित भए । उनले ३ विकेट समेत लिएका थिए ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा इटहरी नमुना कलेजले कोसी सेन्ट जेम्स कलेजमाथि ८१ रनको फराकिलो जीत निकालेको छ । नमुनाले दिएको १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोसी सेन्ट जेम्स ७२ रनमा अलआउट भयो । नमुनाका पभात राईले ३९ बलमा ५६ रन जोडे । कोसी सेन्ट जेम्सका एमडी आरिफले ५ विकेट लिए । नमुनालाई जिताउन ५ विकेट लिएका प्रकाश कार्की म्यान अफद म्याच घोषित भए ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १० कलेजका टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]