नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायकेलाई एभरेस्ट प्रिमियर लिग ( इपिएल ) को टिम भैरहवा ग्ल्याडीएटर्सले प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।
मंगलबार राति ग्ल्याडीएटर्सले बिज्ञप्ति जारि गर्दै दासानायके २०२० सिजनको लागि प्रशिक्षकमा नियुक्त गरको घोषणा गरेको हो।
शरद भेसावकर कप्तान रहेको भैरहवा ग्ल्याडीएटर्स २०१७ र २०१८ को दुवै सिजन उप-विजेता रहेको थियो। २०१७ को सिजन फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्ससंग तथा २०१८ मा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्ससंग भैरहवा पराजित हुन पुगेको थियो।
बिज्ञप्तिमा ग्ल्याडीएटर्सले नेपाली राष्ट्रिय टिमलाई यो उचाई दिलाउन पुबुदुको महत्वपूर्ण भूमिका रहेको र आफ्नो टिमसंग जोडिदा टिमसंग जोडीदा टिमको महत्व बढाउने बताएको छ –
“भैरहवा प्रतियोगिता इतिहासकै सबैभन्दा नियमित राम्रो प्रदर्शन गर्ने टिम हो। भैरहवा टिम प्रतियोगिताको दौरान मात्रै हैन वर्षभर नेपाली क्रिकेटको हितमा वर्ष भर बिभिन्न गतिविधि गर्दै सक्रीय रहेको छ।”
“भैरहवा टिमलाई अझ विशेष बनाउन तथा खेलाडीहरुको क्षमता वृद्धिको लागि हामी प्रशिक्षकको रुपमा पुबुदु दासानायकेलाई नियुक्त गर्न पाउदा हामि गर्व महसुस गरिरहेका छौँ। उनले बिगतमा नेपाली क्रिकेटको सफलतामा ठुलो भूमिका खेलेका छन्। उनको प्रशिक्षणमा नेपालले २०१३ आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि हाँसिल गरेको थियो भने बंगलादेशमा आयोजित २०१४ टि-२० विश्वकपमा समेत नेपालको ऐतिहासिक उपस्थिति रहेको थियो। “नेपाली क्रिकेट टिमको सफलता पछाडीका नायकले हाम्रो प्रस्ताबलाई स्विकार गर्नुभएको छ”
पुबुदुसंग हाल १ वर्षको लागि सम्झौता गरेको टिमले बताएको छ।
पुनः नेपाल फर्कने भ्याएपछि प्रशिक्षक दासानायकेले उत्साह व्यक्त गरेका छन् – “भैरहवा ग्ल्याडीएटर्सको प्रशिक्षकको रुपमा जोडिन पाउदा साच्चै उत्साहित रहेको छु। नेपाल सधै मेरो हृदयमा रहेको छ र पुनः नेपाली क्रिकेटलाई मैले सक्दो योगदान दिने मौका पाउदा धन्य महसुस् गरिरहेको छु।”

श्रीलंकन पुर्व क्रिकेटर दासानायके सन् २०११ देखि २०१५ सम्म ४ वर्ष नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए। नेपाली टिमको प्रशिक्षकबाट राजिनामा दिएपछि पुबुदु सन् २०१६ मा अमेरिकी क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए। अमेरिकी क्रिकेट टिमलाई २०१६ मा डिभिजन-४ हुँदै यसै बर्ष अप्रिलमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यतासम्म पुबुदुले पुर्याएका थिए। त्यस अघि नेपाललाई पनि उनले २०१४ टि-२० विश्वकप छनौट गराएका थिए भने एकदिवसीय विश्वकप छनौट र विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्मको यात्रा गराएका थिए।
अमेरिका क्रिकेटमा नयाँ व्यवस्थापन आएको र काम गर्न असहज भए पछि पुबुदुले डेढ महिना अघि प्रशिक्षक पदबाट राजिनामा दिएका थिए। उनले राजिनामा दिएपछि अमेरिकी क्रिकेट टिमले टि-२० विश्व कप छनौटमा असफलता हाँसिल गर्यो।
टिम कप्तान शरद भेसावकरले पनि पुबुदु नियुक्त हुँदा खुसि व्यक्त गरेका छन् – “पुबुदु प्रशिक्षक हुँदा नेपाली क्रिकेटले ठुलो मोड लिएको थियो। नेपाली क्रिकेट र म जस्ता नेपाली क्रिकेटरलाई स्तरोन्नति गरेका प्रशिक्षक हाम्रो टिमको हिस्सा हुने कुराले म उत्साहित भएको छु। बिगत २ वर्ष हामि उप-विजेता रहेका थियौं र हामि विश्वास गर्छौं कि पुबुदुको आगमनले हामि अन्तिम लाइन पार गरेर च्याम्पियन बन्ने छौँ।
एभरेस्ट प्रिमियर लिगको यो पटक आयोजना आगामी वर्ष फेब्रुवरीमा आयोजना हुने बताईएको छ।