पुर्व प्रशिक्षकको टिम बिरुद्ध उत्रदै नेपाली टिम

  • विकेटनेपाल, मङ्सिर १५

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेल अगाडी नेपाली क्रिकेट टिमले आज अमेरिकासँग अभ्यास खेल खेल्दै छ। नेपालले ६ र ८ तारिकमा च्याम्पियनसिप अन्तर्गत युएईसंग २ खेल खेल्नेछ भने त्यसअघी आज अमेरिकासंग तथा डिसेम्बर ३ तारिकमा केन्यासंग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

रोचक पक्ष के भने नेपालका पुर्वप्रशिक्षक पुबुदु दासानायके यसपाली अमेरिकाको प्रशिक्षकको रुपमा नेपाल बिरुद्द मैदानमा उत्रिदै छन्।

पुबुदुको कार्यकालमा नेपालले धेरै सफलताहरु प्राप्त गरेको थियो। जसमध्ये बंगलादेश २०१४ टी-२० विश्वकपको यात्रा उनको कार्यकालको अत्यन्त महत्वपूर्ण उपलब्धि मानिने गर्छ। डिभिजन-४ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्मको यात्रापनि उनको पालोमा गरेको महत्वपूर्ण उपलब्धि थियो।

उनै सफल प्रशिक्षक यसपटक नेपाल बिरुद्द रणनीति बनाउदै गरेको देखिनेछन्। उनले सामाजिक संजालमा पोस्ट गर्दै नेपाली टिमलाई भेट्न उत्सुक भएको जनाएका छन् , “अबुधाबीको यात्रामा, धेरै समयपछी नेपाली टिमलाई देख्न पाउदा उत्साहित” ।

अमेरिकासंगको खेल अबुदाबीको नर्सरी ओभल मैदानमा १०:४५ बजे ( नेपाली समय ) अनुसार सुरु हुनेछ l

छैठौ चरणको खेलमा हंगकंगसँग एक खेलमा पराजित हुदै तथा अर्को खेलमा बर्षा बाधक बनेपछि नेपाल डिभिजन २ मा झरीसकेको । बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।

नेपाली टिम – 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी –  सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy