पुर्व प्रशिक्षकको टिम बिरुद्ध उत्रदै नेपाली टिम

  • विकेटनेपाल, मङ्सिर १५

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेल अगाडी नेपाली क्रिकेट टिमले आज अमेरिकासँग अभ्यास खेल खेल्दै छ। नेपालले ६ र ८ तारिकमा च्याम्पियनसिप अन्तर्गत युएईसंग २ खेल खेल्नेछ भने त्यसअघी आज अमेरिकासंग तथा डिसेम्बर ३ तारिकमा केन्यासंग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

रोचक पक्ष के भने नेपालका पुर्वप्रशिक्षक पुबुदु दासानायके यसपाली अमेरिकाको प्रशिक्षकको रुपमा नेपाल बिरुद्द मैदानमा उत्रिदै छन्।

पुबुदुको कार्यकालमा नेपालले धेरै सफलताहरु प्राप्त गरेको थियो। जसमध्ये बंगलादेश २०१४ टी-२० विश्वकपको यात्रा उनको कार्यकालको अत्यन्त महत्वपूर्ण उपलब्धि मानिने गर्छ। डिभिजन-४ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्मको यात्रापनि उनको पालोमा गरेको महत्वपूर्ण उपलब्धि थियो।

उनै सफल प्रशिक्षक यसपटक नेपाल बिरुद्द रणनीति बनाउदै गरेको देखिनेछन्। उनले सामाजिक संजालमा पोस्ट गर्दै नेपाली टिमलाई भेट्न उत्सुक भएको जनाएका छन् , “अबुधाबीको यात्रामा, धेरै समयपछी नेपाली टिमलाई देख्न पाउदा उत्साहित” ।

अमेरिकासंगको खेल अबुदाबीको नर्सरी ओभल मैदानमा १०:४५ बजे ( नेपाली समय ) अनुसार सुरु हुनेछ l

छैठौ चरणको खेलमा हंगकंगसँग एक खेलमा पराजित हुदै तथा अर्को खेलमा बर्षा बाधक बनेपछि नेपाल डिभिजन २ मा झरीसकेको । बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।

नेपाली टिम – 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी –  सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]