“मलाई लाग्दैन कि नेपालले अब उपरान्त कुनै पनि विश्वकप गुमाउनु पर्नेछ।” – पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टिमका नव नियुक्त मूख्य प्रशिक्षक पुबुदु दासानायेके मंगलबार जिम्मेवारी नेपाल आइपुगेका छन्। यस अघि २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षण सम्हाल्दै नेपाललाई टि-२० विश्वकप तथा विश्व क्रिकेट लिग च्याम्पियनसिप र एकदिवसीय विश्वकप छनोटसम्म पुर्याएका पुबुदुले नेपालको मुख्य प्रशिक्षकको रुपमा दोश्रो कार्यकाल सम्हाल्नेछन्। नेपाल आगमन पछि पुबुदुले मिडियाहरुसंग गरेको कुराकानी-

नेपाल फर्किंदा कस्तो महसुस भइरहेको छ ?

“फेरी फर्किंदा खुसि छु र चुनौतीको लागि तयार छु”

तपाई सामु कस्ता चुनौती छन् ?

२०११ मा आएको भन्दा फरक चुनौती छ। त्यो बेला टिम डिभिजन-४ मा थियो। अहिले नेपाल एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त देश हो। त्यसैले मैदानमा चुनौती फरक छ। धेरै फरक कुराहरुमा काम गर्नु छ। तपाईहरुलाई थाहा नै छ कि म नेपाललाई माथिल्लो स्तरमा , विश्वकपमा पुर्याउदै नेपालमा सकारात्मक वातावरण बनाउन चाहन्छु।

नेपाल आउनु अघि के-के कुरा सोच्नु भएको थियो ?

यदी क्रिकेटको कुरा गर्नु हुन्छ भने यहाँ धेरै कुरा सुधार गर्नु पर्नेछ। एउटा सकारात्मक कुरा हामिसंग प्रतिभावान खेलाडीहरु उत्पादन भैरहेका छन्। विश्व क्रिकेटको संरचना परिवर्तन भएको छ र नेपालले त्यो संरचनामा आफुलाई ढाल्नु पर्छ। त्यसैले धेरै योजना र कामहरु गर्नु छन् जसको लागि म उत्साहित छु।

नेपाली क्रिकेटको वर्तमान परिस्थिति, क्यान र खेलाडी विवादलाई कसरि समाधान गर्ने सोच्नु भएको छ ?

मलाई लाग्छ यो विश्वभर हुने सामान्य कुरा हो। र मलाई लाग्छ म कोठामा पुगेर के गर्नु पर्ने हो छलफल हुनेछ। मलाई विश्वास छ खेलाडीहरुले मलाई र सबै व्यवस्थापनलाई एउटा टिमको रुपमा अघि बढ्न सहयोग गर्नेछन्। मलाई लाग्छ सबै भन्दा ठूलो कुरा व्यक्ति हैन, नेपाल क्रिकेट र नेपाली क्रिकेट टिम हो। त्यो दिशामा अघि बढे सबै कुरा समाधान हुनेछ।

नेपाल आउनु अघि खेलाडीहरुसंग सम्बाद भएको छ ?

म केहि खेलाडीहरुसंग सम्पर्कमा छु। सामान्यत म्यासेजहरुमा। सबै जना म आउदा सकारात्मक छन्।

टि-२० विश्वकप छनौट बारे तपाईको योजना के छ ?

हामिसंग तयारी गर्न समय छोटो छ। तर नेपालसंग प्रतिभावान खेलाडीहरु छन्। हामीले सबै झिना मसिना कुराहरुको समाधान गरेर अभ्यासमा जानु पर्छ। मलाई लाग्दैन कि नेपालले अब उपरान्त कुनै पनि विश्वकप गुमाउनु पर्नेछ।”





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]