पुजा ‘प्लेयर अफ द’ म्याच

२०८२ आश्विन १८, शनिबार १२:०७

काठमाडौ । मलेसियासँगको दोस्रो टि२० खेलमा नेपाली महिला टिमकी उपकप्तान पुजा महतो ‘प्लेयर अफ द म्याच’ भएकी छिन् ।

नेपालले जित सहित पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको थियो । यस खेलमा नेपाललाई जिताउन पुजाले ब्याटिङमा महत्वपुर्ण इनिङ खेलेकी थिइन् ।

पुजाले ३९ बलमा ४ चौकाको सहयोगमा ३९ रनको महत्वपुर्ण इनिङ खेलेकी थिइन् । नेपालले इनिङको सुरुवाती २ बलमा नै लगातार विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।

तेस्रो विकेटका लागि पुजाले रुबि पोदारसँग मिलेर ५० बलमा ३० तथा चौथो विकेटका लागि कप्तान इन्दु बर्मासँग मिलेर ३० बलमा ३६ रनको महत्वपुर्ण साझेदारी गरेकी थिइन् ।

बलिङ तर्फ पनि पुजा कुनै विकेट लिन नसके पनि २ ओभरमा ९ डट बल गर्दा मात्र ८ रन खर्चिएकी थिइन् ।

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy