नेपालले विश्वकपअघि दुई अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ महिला टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पुस २९ र माघ २ गते यी राष्ट्रसँग अभ्यास खेल खेल्ने भएको हो।

गत कात्तिकमा सम्पन्न एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलोपल्ट विश्वकपमा स्थान बनाएको थियाे। प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ।

१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन्।

नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy