पुजाराको शतकले जोगायो भारतको लाज

  • विकेटनेपाल, मङ्सिर २० – बिहिबार

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत आजदेखि ४ टेस्ट म्याचको शृंखला अन्तर्गत पहिलो टेस्ट सुरु भएको छ।

पहिलो दिनको समाप्तिमा कमजोर सुरुवात गरेको भारतलाई चेतेश्वर पुजाराले शतक प्रहार गर्दै सम्मानजनक स्थितिमा पुर्याएका छन्। दिनको समाप्तीमा भारतले ९ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको छ।

अस्ट्रेलियाको कसिलो बलिंग र फिल्डिंग

एडिलेडमा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले खराब सुरुवात गर्यो। उसले मात्र ३ रनको योगफलमा पहिलो विकेटको रुपमा लोकेश राहुल (२) लाई गुमायो। त्यस्तै १५ रनको योगफलमा मुरली विजय (११) लाई गुमाएको भारतले तेस्रो विकेटको रुपमा मात्र १९ रनको योगफलमा कप्तान विराट कोहलीलाई गुमाएपछी समस्यामा परेको थियो। कोहली (३) प्याट कमिंसको बलमा स्लिपमा उस्मान ख्वाजाको एकहाते उत्कृस्ट क्याचको मद्दतमा आउट भएका थिए।

त्यसपछि केहि सम्हालिएको जस्तो देखिएको ब्याटिंगलाई पुनः समस्यामा पार्न ४१ रनको योगफलमा हेजलवूडले अजिंक्या रहाने (१३) लाई पनि आउट पारे। त्यसपछि ८६ रनको योगफलमा रोहित शर्मा (३७), १२७ रनको योगफलमा रिषब पन्त (२५), १८९ रनको योगफलमा रविचन्द्रन आश्विन (२५) र २१० रनको योगफलमा इशान्त शर्मा (४) आउट भए।

घरेलु टिमका लागि मिचेल स्टार्क, प्याट कमिंस, जोस हेजलवूड र नेथन लायनले समान २/२ विकेट हात पारे। पाचौं बलरको रुपमा प्रयोग गरिएका ट्रेभिस हेडले मात्र २ ओभर बलिंग गरे।

पुजाराको शान्त पारि

टस जितेर पहिले ब्याटिंग गरेको भारतको लागि ओपनर लोकेश राहुल मात्र ३ रनको योगफलमा आउट भएपछी क्रिजमा आएका चेतेश्वर पुजारा दिनको अन्तिम आउट हुने खेलाडी बने।

दिनको अन्तिम ओभरमा अर्को दिनको लागि स्ट्राइक आफैसँग राख्न रन लिन दौडिएका चेतेश्वर पुजारा १२३ रनको बिशाल पारि खेल्दै रन आउटको सिकार भए। २४६ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गर्दै माथिल्लो क्रम सम्हालिन नसक्दा तल्लोक्रमका खेलाडीसँग राम्रो साझेदारी गरे।

पुजाराको यो टेस्ट क्रिकेटको १६ औं शतक रहेको छ। ६५ खेलको १०८ पारीमा ब्याटिंग गरेका उनले टेस्ट क्रिकेटमा ५००० रन (५०२८) समेत पुरा गरेका छन्।

ख्वाजाको उत्कृस्ट क्याचमा कोहली आउट (भिडियो)

फोटोहरुमा हेर्नुस टेस्टको पहिलो दिन ( फोटोहरु – आईसीसी ) 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy