प्रम कप सेमीफाइनल : पुलामीले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दा आर्मीको मध्यम योगफल

२०७७ माघ १५, बिहीबार १२:५५

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाउदै बागमतीलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर्मीको ब्याटिंगमा राजेश पुलामीले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ९१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै भिम शार्कीले ४० रन, बिक्रम सोबले ३५ रन, लोकेश बमले २३ रन , सुशन भारिले १६ रन तथा बिनोद भण्डारीले १० रनको योगदान दिए।

खराब सुरुवात गरेको आर्मीले १७ रनको योगफलमा ३ विकेट गुमाउन पुग्यो। चौथो ओभरमा अनिल मण्डल र रोहित पौडेललाई गौतम केसीले बोल्ड गरे। आठौँ ओभरमा हरि चौहानलाई गौतमले विकेटकिपर आकाश थापाबाट क्याच आउट गराए।

बागमती प्रदेशको बलिंगमा मिडियम पेसर गौतम केसी एक्लैले ५ विकेट लिए

चौथो विकेटको लागि भिम शार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे। १९ औं ओभरमा लोकेशलाई नन्दन यादबले क्याच आउट गराउदै बागमतीलाई खेलमा पुनः हावी गराए। २२ औं ओभरमा भिम शार्कीलाई तिलक भण्डारीले विकेटकिपर आकाश थापाबाट क्याच आउट गराए। २७ औं ओभरमा कप्तान बिनोद भण्डारीलाई बिपिन आचार्यले क्याच आउट गराए।

१०६ रनमा ६ विकेट गुमाएको आर्मीको इनिंग्स राजेश पुलामीले सम्हाले जसले बिक्रम सोबसंग सातौँ विकेटको लागि ९२ रनको साझेदारी गरे। ४६ औं ओभरमा बिक्रमलाई रामनरेश गिरिले विकेटपछाडी क्याच आउट गराएर साझेदारी तोडे। राजेश पुलामी अन्तिम ओभरमा गौतम केसीबाट स्टम्प आउट भए।

बागमती प्रदेशको बलिंगमा मिडियम पेसर गौतम केसी एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभर बलिंग गर्दै ६१ रन खर्चिए। रामनरेश गिरि, नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले समान १ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 

गत संस्करणको प्रधानमन्त्रीको सेमीफाइनलमा पनि आर्मी र बागमती प्रदेश प्रतिस्पर्धा गरेका थिए जसमा आर्मी ११७ रनले विजयी भएको थियो।

प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिवार खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy