पल्सर स्पोर्ट्स अवार्ड सम्पन्न, क्रिकेटको हातमा १ मात्र अवार्ड ( सुची सहित )

२०७४ भाद्र २६, सोमबार ००:००

  • विकेटनेपाल, भदौ २६

नेपालकै सबैभन्दा चर्चित खेलकुद अवार्ड पल्सर स्पोर्ट्स अवार्ड २०७३ भव्यताका साथ सम्पन्न भएको छ ।

काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा रास्ट्रीय खेलकुद पत्रकार मंचको आयोजनामा सम्पन्न कार्यक्रममा बिभिन्न विधाका उत्कृस्ट खेलाडी हरुलाई अवार्ड प्रदान गरिएको थियो।

बर्षको उत्कृस्ट खेलाडी ( पुरुष ) फुटबलर किरण लिम्बु तथा उत्कृस्ट खेलाडी ( महिला ) तर्फ ब्याडमिन्टन खेलाडी नङसल तामांग घोषित भएका छन् । यस्तै मनिता श्रेष्ठ प्रधान उत्कृस्ट युवा खेलाडी, एथलेटिक्सका पुष्पराज ओझा उत्कृस्ट प्रशिक्षक घोषित भए । नेपाली पुरुष भलिबल टिमले टिम अफ द ईयरको अवार्ड पायो ।

यस्तै पिपुल्स च्वाइस अवार्ड एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले हात पारिन् l कुल ९५ हजार ७२६ भोट मध्ये ६६ हजार १२४ भोट पाउदै उनले अवार्ड हात पारिन् l भोटिंगमा फुटबलर सुजल श्रेष्ठ दोश्रो र दिपेन्द्र ऐरी तेश्रो स्थानमा रहे ।

यो बर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड पुर्व गल्फ खेलाडी तथा सुर्य नेपाल गल्फ कोर्षका संस्थापक घनश्याम थापालाई प्रदान गरिएको छ ।

बर्ष उत्कृस्ट पुरुष/महिला खेलाडी, प्रशिक्षक, पुपुल्स च्वाइस अवार्डको बिजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप पाएका छन् ।

क्रिकेटलाई हात खालि हुन जोगाए दृस्टी बिहिन क्रिकेटरले 

गत बर्ष जस्तै क्रिकेट भने पल्सर स्पोर्ट्स अवार्डमा खाली हात फर्किनुपर्ने स्थिति थियो तर यस बर्ष भारतमा सम्पन्न दृस्टी बिहिन टि-२० बिश्वकपमा न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका पदम बडेलले पारा एथलेट अवार्ड पाएपछि क्रिकेटको हात खालि हुन पाएन।

नेपालको लागि ओपनिंग ब्याटिंग गरेका पदम बहादुर बडैलाले नेपाली दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक प्रहार गरेका थिए l त्यसक्रममा उनले ९० बलमा २११ रन बनाउदा ३६ चौका प्रहार गरेका थिए ।

पदम बडेलले पारा एथलेट अवार्ड पाए

क्रिकेटको तर्फबाट बर्ष उत्कृस्ट खेलाडी विधा ( पुरुष ) विधामा शरद भेसावकर, उत्कृस्ट युवा क्रिकेटर विधामा दिपेन्द्र ऐरी, उत्कृस्ट प्रशिक्षक विधामा जगत टमाटा तथा पिपुल्स च्वाइस अवार्डमा दिपेन्द्र ऐरी मनोनयनमा परेका थिए ।

अघिल्लो बर्षको पल्सर स्पोर्ट्स अवार्डमा पनि क्रिकेटले अवार्ड हात पार्न सकेको थिएन।

गत बर्ष बर्ष उत्कृस्ट युवा खेलाडी र  पिपुल्स च्वाइस अवार्डमा सन्दिप लामिछाने मनोनयनमा परेका थिए भने जगत टमाटा उत्कृस्ट प्रशिक्षकको विधामा छानिएका थिए ।

कसले के अवार्ड पाए 

नङसल तामांग

नङसल तामांग
घनश्याम थापा
कान्छीमाया कोजु
कान्छीमाया कोजु

को को परेका थिए पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा जान्न यहाँ क्लिक गर्नुहोस् 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy