स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चस्व

  • विकेटनेपाल, बैशाख ३१ – सोमबार

रास्ट्रिय खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा प्रत्येक बर्ष आयोजना गरिने स्पोर्ट्स अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरिएको छ । पत्रकार मञ्चले २०७४ बर्षभरी उत्कृस्ट प्रदर्शन गर्ने व्यक्तित्वहरुलाई प्रदान गर्ने अवार्डको मनोनयनमा क्रिकेटको वर्चस्व रहेको छ ।

सोमबार सार्वजनिक गरिएको ४ विधाहरु बर्षको उत्कृस्ट पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक र महिला खेलाडी मध्ये बर्षको उत्कृस्ट महिला खेलाडी बाहेक क्रिकेटबाट प्रत्येक ३ विधामा २/२ जना मनोनयनमा परेका छन् ।

उत्कृस्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सन्दिप लामिछाने सहित ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की, उत्कृस्ट युवा खेलाडीमा क्रिकेटका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरी सहित फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल र उत्कृस्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा र बिनोद दास सहित फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थपामगर मनोनयनमा परेका छन्।

Binod Das , Dav Whatmore , Jagat Tamata
दायाँ जगत टमाटा, बायाँ बिनोद दास र बिचमा नेपाली टिमका तत्कालिन ब्याटिंग प्रशिक्षक डेभ व्हाटमोर

क्रिकेटले स्थान नपाएको बर्षको उत्कृस्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ मनोनयनमा परेका छन्।

आयोजकले जनाएअनुसार जेठ ३ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डमा यसअघिनै सार्वजनिक गरिएको पिपुल्स च्वाईस अवार्ड अन्तर्गत क्रिकेटका सन्दिप लामिछाने, फुटबल किरण चेमजोंग, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मानबहादुर श्रेष्ठ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका थिए ।

अवार्डमा माथि उल्लेखित ५ र थप अन्य तिन विधामा नेपाललाई खेलकुदबाट अन्तर्राष्ट्रिय जगतमा चिनाउन अतुलनीय योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने छ जहाँ बर्षका उत्कृस्ट पुरुष खेलाडी, महिला खेलाडी, पिपुल्स च्वाईस अवार्ड र उत्कृस्ट प्रशिक्षकलाई पल्सरको तर्फबाट मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही नगद रु ५० हजार प्रदान गरिने आयोजकले जनाएका छन् ।

२०७३ को उत्कृस्ट पुरुष खेलाडीको मनोनयनमा शरद भेसावकर पनिपरेका थिए

पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा बर्षको उत्कृस्ट पुरुष खेलाडीको पुरस्कार क्रिकेटका शरद भेसावकरलाई पछी पार्दै फुटबलका किरण चेमजोंगले हात पारेका थिए भने ब्याडमिन्टनकी नंग्सल तामांगले महिला खेलाडीको पुरस्कार हात पारेकी थिईन । त्यस्तै लंगरेसकी कान्छी माया कोजुले पिपुल्स च्वाईस अवार्डमा र जुडोकी मनिता श्रेष्ठले युवा खेलाडीमा क्रिकेटका दिपेन्द्र सिंह ऐरीलाई पछाडी पारेका थिए ।

यस्तै भलीबल टिमले बर्षको उत्कृस्ट टिमको अवार्ड पाएको थियो भने एथेलेटिक्सका पुस्पराज ओझा उत्कृस्ट प्रशिक्षक बनेका थिए ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]