पुरानो जुत्ता टाँस्दै गरेको फोटो ट्वीट गर्दै प्रायोजनको आग्रह गरेपछि जिम्बाब्वेका बर्ललाई पुमाले गर्यो प्रायोजन

२०७८ जेष्ठ १०, सोमबार ०९:३२

जिम्बाब्वे क्रिकेटको आर्थिक अवस्था पछिल्लो समय नाजुक रहँदै आएको छ जसबाट क्रिकेटरहरु समेत प्रभावित हुनु नौलो कुरा हैन। त्यसकै उदाहरण स्वरूप शनिवार जिम्बाब्वेका अलराउण्डर रायन बर्लले आफ्नो ट्वीटरमा भावुक पोस्ट गरे। उनले लेखे “कोहि छ प्रायोजन गर्ने, त्यसो भए प्रत्येक सिरिज खेलेपछि आफ्नो जुत्तामा ग्ल्यु ( गम ) टाँस्नु पर्ने थिएन” बर्लले न्यु ब्यालेन्स ब्रान्डको जुत्तामा गम टाँस्दै गरेको फोटो समेत पोस्ट गरे जसमा उनले न्यु ब्यालेन्स ब्रान्डलाई समेत ट्याग गरेका थिए।


ठूला क्रिकेट बोर्डहरुले प्रायोजनबाट अरबौं रुपैयाँ कमाउदै गरेको तथ्य एकतर्फ हुँदा २७ वर्षीय बर्लको उक्त ट्वीट पछि ट्वीटले धेरै आश्चर्यमा परे।

उक्त ट्वीटपछि कसैले आईसीसीको आलोचना गरे भने कसैले सहयोगको लागि बिभिन्न बोर्ड तथा क्रिकेटरहरुलाई आग्रह गरे त कसैले क्रिकेटरको त्यो अवस्थामा दुख व्यक्त गरे। आईसीसीको टेस्ट राष्ट्रको क्रिकेटरको त्यो कथाले धेरैलाई भावुक समेत बनायो।

बर्लले ट्वीट गरेको भोलि पल्ट चर्चित ब्राण्ड पुमाले आफ्नो ट्वीटर ह्यान्डल मार्फत बर्लको ट्वीटलाई जवाफ दिंदै क्रिकेटर र समर्थकहरुको मुस्कान फर्काउने काम गर्यो।

“ग्ल्यु टाढा राख्ने समय आएको छ, मैले तिमिलाई ढाके रायन बर्ल” पुमा क्रिकेटले ट्वीट गर्यो।


पुमा क्रिकेटले गरको उक्त ट्वीटको केहि समय पछि बर्लले ट्वीटरमार्फत आफुलाई पुमाले प्रायोजना गरेको घोषणा गर्दै आभार व्यक्त गरे –

“पुमा क्रिकेट टिममा आवद्ध भएको घोषणा गर्दा मैले गर्वान्वित गरेको छु। पछिल्लो २४ घण्टा तपाई समर्थकहरुले गर्नु भएको सहयोग र समर्थनका कारण यो सम्भव भएको हो। सबैप्रति आभार व्यक्त गर्दछु। धन्यवाद पुमा।” बर्लले ट्वीट गरेका छन्।


जिम्बाब्वे क्रिकेट टिम पछिल्लो समय आर्थिक संकटमा रहेको छ जसको असर टिमको प्रदर्शनमा समेत परिरहेको छ। यो महिना जिम्बाबे पाकिस्तानसंग टेस्ट सिरिजमा २-० ले पराजित हुने क्रममा दुवै टेस्ट इनिंग्स अन्तरले हारेको थियो।

आईसीसीले सन् २०१९ मा बोर्डमा सरकारी हस्तक्षेप भएका कारण जिम्बाबे क्रिकेट बोर्डलाई प्रतिबन्ध गरेको थियो जसको फलस्वरुप सो वर्ष टि-ट्वान्टी विश्वकप छनोट खेल्न समेत पाएको थिएन। त्यसपछि प्रतिबन्ध फुकुवा भएता पनि बोर्डको समस्याहरु भने सकिएको छैन।

देब्रे हाते मध्यम क्रम ब्याट्सम्यान तथा लेग स्पिनर बर्लले अन्तिम पटक पाकिस्तान बिरुद्ध गत महिना टि-ट्वान्टी सिरिज खेलेका थिए।

जिम्बाब्वेको लागि २०१७ मा डेब्यु गरेका बर्लले ३ वटा टेस्ट, १८ एकदिवसीय र २५ वटा टि-ट्वान्टी खेलीसकेका छन्। टेस्टमा २४ रन, एकदिवसीयमा २४३ रन तथा टि-ट्वान्टीमा ३९३ रन बनाएका उनले टेस्टमा ४ विकेट, एकदिवसीयमा ७ विकेट तथा टि-ट्वान्टीमा १५ विकेट लिएका छन्।

सम्बन्धित 

https://wicketnepal.com/icc-jimbabe-suspend-wn019/

https://wicketnepal.com/sikandar-raza-zmbabwe-susp-wn019/

यो पनि पढ्नुस 

https://wicketnepal.com/sl-vs-bng-1st-odi-5-23-news-wn21/

https://wicketnepal.com/cpl-sandeep-retain-bhayenan-wn21/

https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/

https://wicketnepal.com/saryo-asia-cup-wn21-523/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy