पुनः क्यान अध्यक्षमा उठ्ने चन्दको घोषणा

२०८० भाद्र १, शुक्रबार ०७:३४

नेपाल क्रिकेट सङ्घका (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन्।

नेपाल क्रिकेट सङ्घ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएकोले एक पटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको बताए।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरे-

क्रिकेट सङ्घ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भई काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताएका छन् । सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे।

जिल्ला क्रिकेट सङ्घ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ।

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट निर्वाचित भएका छन् । बिहिवार जिल्लाको सातौं अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सकृय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो ।

यस्तै उपाध्यक्षमा सम्भु लामिछाने,सचिबमा देव नारायण झा,कोषाध्यक्षमा विक्रम लामा त्यस्तै सदस्यहरुमा क्रमशः रतन बहादुर कठायत,बाबुराजा श्रेष्ठ,रुपक बिस्ट,ज्ञानेन्द्र दडिमाना क्षेत्री,गणेश रजक,दिनेश महर्जन,लोक बहादुर खड्का (रबि),गोविन्द राज जोशी,पदम ब.सिंह,सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा ५ जना सम्मानित

जिल्ला क्रिकेट संघ कैलालीको सातौँ अधिवेशनमा ५ जना सम्मानित भएका हुन । बिहीबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न सातौं अधिवेशनमा क्रिकेटमा लामो समयदेखि सकृय रहि अध्यक्ष जस्तो जिम्मेवारपुर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै नेपाल कृकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दलाई सम्मान गरेको हो । त्यस्तै कैलाली जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष धर्म बहादुर बोहरा,पुर्व सचीव गणेश नेपाली,पुर्व कोषाध्यक्ष मदन बहादुर कुँवर र धनगढी कृकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy