महेन्द्रनगरका पुनित बिस्टको अलराउन्ड प्रदर्शन, रुपन्देही बाहिरियो

विकेटनेपाल, चैत्र २२ – बिहिबार । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा पुनित बिस्टको अलराउन्ड प्रदर्शनले महेन्द्रनगर युनाईटेडले प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा दोश्रो जित हात पारेको छ । यस्तै लगातार चौथो हारसँगै रुपन्देही च्यालेंजर्सको सेमीफाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ ।

रुपन्देहीले दिएको १४५ रनको लक्ष्य महेन्द्रनगरले १८.५ ओभरमा मात्र ६ विकेट गुमेर पुरा गरेको थियो । उसको जितमा कप्तान बिनोद भण्डारीले ६१ रन बनाउन ४८ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने पुनित बिस्टले २२ बलमा ३ चौका र ४ छक्का सहित ४५ रनको आक्रामक पारि खेले । पुनित मेहराले १६ बलमा अविजित १६ रन बनाउँदा रोहितकुमार पौडेलले ५ बलमा १ छक्का सहित ७ रन बनाए।

Binod Bhandari
Binod Bhandari

बलिंगतर्फ पनि महेन्द्रनगरका लागि म्यान अफ द म्याच समेत घोषित पुनित बिस्टले ४ ओभर बलिंग गर्दै मात्र १२ रन खर्चेर ४ विकेट हात पारेका थिए जसको मद्दतले रुपन्देहीले ८ विकेट गुमाएर मात्र १४४ रनको योगफल तयार पार्न सकेको थियो। यसअघि टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले प्रदीप ऐरीको ३९ रन (३२ बल, ५ चौका, १ छक्का), सागर पुनको २८ रन (१६ बल, १ चौका, ३ छक्का) को मद्दतमा २० ओभरमा १४४/८ को स्कोर बनाएको थियो ।

बलिंगतर्फ रुपन्देहीका दिपेश श्रेष्ठले ३ विकेट लिन २५ रन तथा सुशन भारीले २ विकेट लिन ३२ रन खर्चिएपनि जितको लागि पर्याप्त हुन सकेन ।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]