पुनित मेहराको अलराउण्ड प्रदर्शनमा बिराटनगरमाथि महेन्द्रनगरको जित

Punit Mehra

विकेटनेपाल, चैत्र १८ – आइतबार । धनगढी प्रिमियर लिग अन्तर्गत आजको दोश्रो खेलमा पुनित मेहराले अलराउण्ड प्रदर्शन गरेपछि महेन्द्रनगर युनाइटेडले पारस खड्काको कप्तानीमा रहेको बिराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ । आजै सम्पन्न पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेंजर्सलाई ९ विकेटले पराजित गरेको थियो (समाचार) ।

स्कोरकार्ड

टस जितेर पहिले ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो । उसको लागि कप्तान बिनोद भण्डारीले ३५ रन बनाउनेक्रममा मात्र २९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै पहिलो विकेटको लागि आसिफ शेख (९) सँग मिलेर ५० रनको साझेदारी गरेका थिए ।

यस्तै पुनित बिस्टले २४ रन (१४ बल, १ चौका, १ छक्का), आरिफ शेखले २० रन (१५ बल, ३ चौका) र हरिशंकर शाहले १९ रन बनाउँदा पुनित मेहराले अन्तिम ओभरमा बसन्त रेग्मीलाई २ चौका र समान छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे । रोहित कुमार पौडेल ९ रनमा अविजित रहे ।

बिराटनगर किंग्सका मन्जित श्रेष्ठले ३० रन खर्चेर २ विकेट लिँदा पारस खड्का र शुभम कामतले १/१ विकेट लिए।

mahendranagar united
Mahendranagar United

जवाफमा १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर किंग्सले पृथु बास्कोटाले ३५ रन (३९ बल, २ चौका, १ छक्का) र बाबर हयातले आक्रामक ३२ रन (१० बल, २ चौका, ४ छक्का) बनाएपनि १९ ओभरमा सबै विकेट गुमाउंदै मात्र १३५ रनमा समेटियो र ३३ रनले पराजित भयो । यस्तै अनिल कुमार शाहले २३ रन, पारस खड्काले १६ र दिलिप नाथले १० रन बनाएका थिए ।

महेन्द्रनगर युनाइटेडलाई जित दिलाउन उसका अविनाश कर्णले २२ रन खर्चेर ३ विकेट, पुनित मेहरा, भुवन कार्की र रोबीन छेत्रीले समान २/२ विकेट तथा हरिशंकर शाहले १ विकेट लिएका थिए ।

खेलमा उत्कृस्ट आक्रामक ब्याटिंग गर्दै अविजित ३८ रन तथा बलिंगतर्फ २ विकेट लिएका महेन्द्रनगरका भारतीय खेलाडी पुनित मेहरा म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]