शतकबाट १ रनले चुके अग्रवाल, पन्जाबद्वारा दिल्लीलाई १६७ रनको लक्ष्य

मायाँक अग्रवालले उत्कृस्ट ब्याटिंग गर्दा १४ औं आईपीएल अन्तर्गत २९ औं खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नरेन्द्र मोदी स्टेडियम अहमदावादमा जारि खेलमा पन्जाबले २० ओभरमा ६ विकेट क्षेतीमा १६६ रन बनाएको हो।

टस हारेर ब्याटिंग गरेको पन्जाबको सुरुवात राम्रो हुन सकेन। ओपनर प्रभसिमरन सिंह १२ र क्रिस गेल १३ रन बनाएर कागीसो रबाडाबाट आउट भए।

तेश्रो विकेटको लागि अर्का ओपनर मायाँक अग्रवालले दविड मलानसंग ५२ रन जोडे। २६ रन बनाएका मलान र १ रन बनाएका दिपक हुडा १४ औं ओभरमा आउट भए। मलानलाई अक्षर पटेलले बोल्ड गरे भने हुडा रन आउट भए।

अग्रवालले पाँचौ विकेटको लागि शाहरुख खानसंग ४१ रन जोडे। खान ४ रन बनाएर अठारौं ओभरमा आभेस खानबाट क्याच आउट भए। लगत्तै ओभरमा २ रन बनाएका क्रिस जोर्डनलाई रबाडाले क्याच आउट गराए।

मायाँक अग्रवालले अन्तिमसम्म ब्याटिंग गर्दै ९९ रनमा अविजित रहे। उनले ५८ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। अग्रवालले इनिंग्सको अन्तिम ओभरमा आभेस खानलाई अन्तिम ३ बलमा चौका, छक्का र चौका प्रहार गरेता पनि दोश्रो आईपीएल शतक बनाउन १ रनले चुक्न पुगे।

दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दा ३ विकेट लिए। अक्षर पटेल ( ४-०-२१-१ ) र आभेस खान ( ४-०-३९-१ ) ले समान १ विकेट लिए।

खेलमा केएल राहुलको अनुपस्थितिमा मायाँक अग्रवालले पन्जाब किंग्सको कप्तानी गरिरहेका छन्। कप्तान केएल राहुल एपेन्डीसाईटिस भएका कारण अस्पताल भर्ना हुँदा अग्रवालले जिम्मेवारी पाएका हुन्।

लिग अंकतालिकामा दिल्ली ७ खेलमा ५ जित र २ हार पछि १० अंक बटुल्दै दोश्रो स्थानमा छ। छैठौं स्थानमा रहेको पन्जाबले ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक बटुलेको छ। आजको जितले दिल्ली अंकतालिकाको शिर्षस्थानमा उक्लनेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/

https://wicketnepal.com/panjab-jhatka-kl-rahul-aspatal-wn21/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy