सेहवाग र ओझाले औल्याए पन्जाबको असफलताको कारण

२०७८ बैशाख १४, मंगलवार १०:१३

पूर्व भारतीय क्रिकेटर विरेन्द्र सेहवाग र प्रज्ञान ओझाले कोलकातासंग पन्जाब ५ विकेटले पराजित भएपछि पन्जाब किंग्सको सोचाइको आलोचना गर्दै असफलताको कारण बताएका छन्। सेहवागले पन्जाबको ब्याट्सम्यानहरुलाई दोष दिएका तथा ओझाले पन्जाबको माथिल्लो क्रमले क्रिस गेल र निकोलस पुरन जस्तो ठुला सट खेल्ने ब्याट्सम्यानमा दबाब सिर्जना गरेको बताएका हुन्।

कोलकाता बिरुद्ध पन्जाबको ब्याटिंग धरासायी बन्न पुगेको थियो। टस हारेर ब्याटिंग गर्दा केएल राहुल कप्तानीको टिमले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सकेको थियो जसको लागि सर्वाधिक रन मायाँक अग्रवालले सुस्त ब्याटिंग गर्दै बनाएको ३१ रन थिए। जवाफमा ओएन मोर्गनले अविजित ४७ तथा राहुल त्रिपाठीले ४१ रन बनाउदै चौथो विकेटको लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दा कोलकाताले २० बल बाँकि रहँदै लक्ष्य ५ विकेट गुमाएर पुरा गर्यो।

खेलमा गेल गोल्डेन डक हुन पुग्दा पुरनले यो सिजन आईपीएलकै सर्वाधिक १९ बलमा १९ रन बनाए।

ठुला नामहरु ब्याटिंग क्रममा रहेता पनि पन्जाबले कोलकातालाई राम्रो लक्ष्य दिन असफल रह्यो। सेहवागले केएल राहुलको टिमले बलिंगमा उत्कृस्ट प्रदर्शन गरेता पनि ब्याटिंग क्रममा भने काम गर्नु पर्ने सुझाव दिएका छन्।

“पन्जाबले आफ्नो श्रोतहरुको व्यवस्थापन गर्नुपर्छ, अझ पहिले ब्याटिंग गर्दा। कुनै शंका छैन पन्जाबले राम्रो बलिंग गर्यो। उनीहरुले बलबाट मुम्बई बिरुद्ध अन्तिम खेलमा राम्रो प्रदर्शन गरे। तर सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको ब्याटिंग हो।” सेहवागले क्रिक्बजसंग कुराकानीमा बताए।

सेहवागले पन्जाबका ब्याट्सम्यानहरुले कोलकातासंग ठुलो योगफल बनाउन चुक्नुको पछाडी ब्याट्सम्यानहरु असफल भएको बताए –

“उनीहरु जित्नको लागि यो कुरा निश्चित हुनुपर्छ कि उनीहरुको हार्ड हिटरहरुले राम्रो प्रदर्शन गरिरहेका छ या छैनन्। यो टिमसंग २०० भन्दा बढी रन बनाउने क्षमता छ। मात्र ४ मध्ये २ जना मात्रै ब्याट्सम्यान सहि समयमा चल्ने हो भने, उनीहरुले खेलनै परिवर्तन गर्न सक्छन्।”

“हामि चेन्नाईलाई उत्कृस्ट टिम भन्छौ किनकि जब ब्याट्सम्यान फर्ममा आउछन् सबैले योगदान दिईरहेको देखिन्छ। पन्जाबको केसमा सबै ब्याट्सम्यानहरुबाट २०-३० रनको योगदान पन्जाबमा कमि भैरहेको छ। कसैले योगदान दिईरहेका छैनन्।” सेहवागले थपे।

अर्कोतर्फ प्रज्ञान ओझाले खेलको सुरुवातमै अनावस्यक ठुलो सोच राख्दा गल्ती भएको हो। उनीहरुले राहुल र अग्रवालले सुरुवात दिए अनुसार योजनामा परिवर्तन गर्नुपर्छ।

“उनीहरुले पहिला १६०-७० सम्म बनाउने सोच्नु पर्छ। तर यदी तपाई सुरुवात देखि आफ्नो ब्याटिंग क्रममा क्रिस गेल, निकोलस पुरन छन् भनेर १८०-९० बनाउने सोच्दा त्यसले उनीहरुमा दबाब सिर्जना गरिरहेको छ।”

“तपाई राम्रो सुरुवात पाएपछि मात्र ठुलो योगफल बारे सोच्न सक्नुहुन्छ। त्यसैले तपाईले योजना सोहि अनुसार बनाउनु पर्छ। तपाई सधै तपाईको ठुला नामहरुले ठुलो योगफल बनाउने छन् भनेर सोच्न सक्नुहुन्छ। तपाईले उनीहरु कस्तो फर्ममा छन् पनि हेर्नुपर्छ। बिगतको सफलता देखेर योजना बनाएर हुँदैन।” ओझाले बताए।

कोलकातासंग पराजित भएपछि ६ खेल खेल्दा २ जित र ४ हार बेहोरेक पन्जाब ४ अंक सहित अंकतालिकाको छैठौं स्थानमा रहेको छ। पन्जाबले आगामी खेल अप्रिल ३० तारिख शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ भने त्यसपछि मे २ तारिखमा दिल्ली क्यापिटल्स बिरुद्ध खेल्नेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kolkata-fadko-ipl-426/

https://wicketnepal.com/super-over-ma-bairstow-rojai-ma-wn21/

https://wicketnepal.com/rcb-2-cricketer-farkane-aus-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy