पूर्व भारतीय ब्याट्सम्यानले अहिलेनै पन्जाब किंग्सको प्लेयिंग-११ बाट क्रिस गेललाई हटाउने समय नआएको बताएका छन्। आईपीएल २०२१ को सुरुवात राजस्थान रोयल्स बिरुद्ध ४० रन बनाउदै गरेका गेलको ब्याट त्यसपछि भने शान्त रहेको छ। गेलले तेश्रो नम्बरमा ब्याटिंग गर्दै क्रमशः १०, ११ र १५ रन बनाउन सकेका छन्।
पन्जाब किंग्ससंग टिममा विश्वकै नम्बर-१ टि-२० अन्तर्राष्ट्रिय ब्याट्सम्यान इंग्ल्यान्डका डेविड मलान रहेका छन्। मलानले फर्ममा नरहेका गेललाई प्रतिस्थापन गर्ने सम्भावना रहेको छ। तर गम्भीरले गेल र मलान बीच तुलना हुन नसक्ने बताउदै पन्जाबले मुम्बई बिरुद्ध शुक्रबार गेललाई खेलाउनु पर्ने धारणा राखेका छन्।
“अहँ हुँदै हुँदैन। मलाई लाग्छ कुनै तुलनानै हुन सक्दैन। क्रिस गेलको टि-२० क्रिकेटमा डेविड मलानसंग तुलना हुन सक्दैन।”
“हो उनि नम्बर-१ टि-ट्वान्टी फर्म्याटको क्रिकेटर हुन् तर तपाईले परिस्थितिहरु पनि हेर्नु पर्छ। यदी तपाई गेललाई नम्बर-३ मा ब्याटिंग गराउनु हुन्छ भने उनले संघर्ष गर्ने पक्का छ। र क्रिस गेललाई खेल पछि खेलमा हेरीरहेका छौँ, सिजन पछि सिजन हेरीरहेका छौँ। यदी उनि अन्तिम-११ मा छन् भने उनले ओपनिंग ब्याटिंगनै गर्नुपर्छ।” गम्भीरले ईएसपीएनक्रिक्इन्फोसंग कुराकानीमा बताए।
गम्भीरलाई पन्जाब टिममा गेलको ब्याटिंग क्रम चित्त नबुझेको हो। आईपीएल २०२० देखि गेल नम्बर-३ मा ब्याटिंग गरिरहेका छन् भने केएल राहुल र मायाँक अग्रवाल ओपनिंग गरिरहेका छन्। गम्भीरका अनुसार गेलले जति धेरै समय क्रिजमा बिताउन पाउछन् त्यतिनै उनि ठुलो योगफल गर्न सक्षम हुने गर्छन्।
“गेलले मुम्बईमा ओपनिंग ब्याटिंग गर्नुपर्थ्यो किनकि यदी उनले ६० बल खेल्न पाएको भए उनले शतक बनाउने थिए। र अझ महत्वपूर्ण कुरा चेपक मैदानमा पहिलो ६ ओभरलाई बढी उपयोग गर्नुपर्छ। र त्यस्तो गेल बाहेक अरु कसले गर्न सक्छ। तपाई गेललाई ६ ओभर पछि स्ट्राइक रोटेट गर भन्न सक्नुहुन्न। तर यदी उनि सुरुवात गरेर सातौं ओभरमा ब्याटिंग गरिरहेका हुनेछन् भने उनले कसैलाई आक्रमण गर्न सक्छन्।” गम्भीरले थपे।
लिग अन्तर्गत शुक्रबार राति मुम्बई इन्डीयन्स र पन्जाब किंग्सले प्रतिस्पर्धा गर्नेछन्। पन्जाब ४ खेलमा ३ हार र १ जित बेहोर्दै २ अंक सहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ। अर्कोतर्फ मुम्बई ४ खेलमा २ जित र २ हार पछि ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/mom-lai-fan-club-nagad-puraskar-wn21/
https://wicketnepal.com/rcb-vs-rr-16thm-wn21-res/
https://wicketnepal.com/icc-ranking-kushal-shirsh-100/