IPL : हाई-स्कोरिंग खेलमा पन्जाबद्वारा बैंगलोर पराजित

रोयल च्यालेन्जर्स बैंगलोरलाई हाई स्कोरिंग खेलमा ५ विकेटले पराजित गर्दै पन्जाब किंगले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा विजयी सुरुवात गरको छ।

मुम्बईको डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न खेलमा बैंगलोरले दिएको २०५ रनको विशाल लक्ष्य पन्जाबले ५ विकेट क्षेतीमा ६ बल बाँकी रहँदै भेटायो।

पन्जाबको जितमा शिखर धवन र भानुका राजापक्षले सर्वाधिक ४३ रन योगदान दिए। धवनले २९ बलमा ५ चौका र १ छक्का तथा राजापक्षले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे। कप्तान मायाँक अग्रवालले २४ बलमा २ चौका र २ छक्का मद्दतले ३२ रन योगदान दिए। ओडेन स्मिथले मात्र ८ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन योगदान दिए भने शाहरुख खानले २४ तथा लियाम लिभिंगस्टोनले १९ रन योगदान दिए।

अग्रवाल र धवनले ७.१ ओभरमा ७१ रनको ओपनिंग साझेदारी गर्दै पन्जाबलाई उत्कृस्ट सुरुवात दिएका थिए। अग्रवालको विकेट पछि धवनले राजापाक्षसंग ४७ रन जोडे। १५६/५ को अवस्थाबाट शाहरुख खान र ओडेन स्मिथले मात्र २५ बलमा ५२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

बैंगलोरका बलर मोहम्मद सिराजले २ ( ४-०-५२-२ ) तथा अक्ष दिप, वानिन्दु हसरंगा र हर्षल पटेलले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलोरले २० ओभरमा २ विकेट क्षेतीमा २०५ रन बनएको थियो।

बैंगलोरको ब्याटिंगमा कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए जुन क्रममा ५७ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। यस्तै बिराट कोहलीले २९ बलमा १ चौका र २ छक्का मद्दतले अविजित ४१, दिनेश कार्तिकले १४ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। अनुज रावतले २१ रन बनाए।

डु प्लेसिसले अनुज रावतसंग ५० रनको ओपनिंग तथा दोश्रो विकेटको लागि कोहलीसंग ११८ रनको साझेदारी गरे। अठारौं ओभरमा डु प्लेसी आउट भएपछि अन्तिमअ दिनेश कार्तिकले आक्रामक ब्याटिंग गरे। पन्जाब बलर अर्शदिप सिंह र राहुल चाहरले १/१ विकेट लिए।

आइतबार सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डीएन्सलाई ४ विकेटले पराजित गरेको थियो।

https://wicketnepal.com/ipl-dc-vs-mi-72722/

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy