पुरा सिजन आईपीएल नखेल्ने खेलाडीहरुको तलब काटिने

२०७८ जेष्ठ १९, बुधबार १६:५२

इन्डीएन प्रिमियर लिग ( आईपीएल ) १४ को दोश्रो हिस्साको खेलहरु सेप्टेम्बर-अक्टोबरमा युएईमा खेलिनेछ। लिगको बाँकी रहेको खेलहरुमा विदेशी खेलाडीहरु खेल्ने सम्भावना कम रहेको छ जसमा इंग्ल्यान्ड र अस्ट्रेलियाका खेलाडीहरु पनि सामेल रहेका छन्। स्टार अलराउण्डर बेन स्टोक्स, फास्ट बलर प्याट कमिन्स जस्ता खेलाडीहरु सिजनको बाँकी खेल खेल्ने सम्भावना कम रहेको छ। भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले भने बाँकी खेलहरु नखेल्ने खेलाडीहरुलाई कडा कदम चाल्ने भएको छ।

बिसीसीआईका एक अधिकारीले इनसाइडस्पोर्ट्सलाई जानकारी गराए अनुसार आईपीएल-१४ को बाँकी खेल नखेलेको खण्डमा उनीहरुलाई प्रो राटा अर्थात् उपलब्ध भएको खेलहरुको मात्र पैसा दिईनेछ। उक्त अधिकारीका अनुसार सम्बन्धित फ़्रेन्चाइजसंग खेलाडीहरुको तलब काट्ने अधिकार हुन्छ।

कुनै खेलाडीले आईपीएलको पुरै सिजन खेल्दा उसले १२ महिनामा ३-४ किस्तामा तलब दिईने गरिन्छ। यदी कुनै खेलाडीले पुरा सिजन नखेलेको खण्डमा प्रो राटाको आधारमा भुक्तानी दिईने गरिन्छ।

इंग्ल्यान्ड र बंगलादेशका खेलाडीहरु उपलब्ध नहुने 

इंग्ल्यान्ड क्रिकेट बोर्डले स्पस्ट रुपमा आईपीएलको दोश्रो फेजको लागि आफ्नो खेलाडीहरु युएई नजाने बताएको छ। बोर्डका प्रबन्ध निर्देशक एश्ले जायल्सले बताएका थिए – “हामीले हाम्रो खेल तालिका व्यवस्थापन गर्नुपर्छ र खेलाडीहरुलाई टि-२० विश्वकप र एसेज सिरिजको लागि उत्कृस्ट फर्ममा ल्याउनु पर्नेछ। आईपीएलको लागि इंग्ल्यान्डका खेलाडीहरु रिलिज हुनेछैनन् र कुनै पनि तालिकामा परिवर्तन हुनेछैन।”

यस्तै बंगलादेश क्रिकेट बोर्डले पनि आफ्नो खेलाडीहरु आईपीएलको बाँकी खेलको हिस्सा नहुने बताएको छ। बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नज्मुल हसनले आईपीएल चलीरहेको समयमा इंग्ल्यान्डले बंगलादेशको भ्रमण गर्ने हुँदा त्यो सम्भावना नरहेको बताएका हुन्।

प्याट कमिन्स नखेल्ने 

अस्ट्रेलियन फास्ट बलर प्याट कमिन्स आईपीएल-१४ को दोश्रो फेजको हिस्सा हुने छैनन्। कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँमा किनेको थियो। कमिन्सले व्यक्तिगत कारणले दोश्रो चरणको हिस्सा नहुने निर्णय लिएका हुन्। ( आजतकबाट )

धेरैले पढेको 

https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/

https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/

https://wicketnepal.com/wtc-final-new-rules-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy